इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन् । खड्काले १ हजार १ सय ५५ मत ल्याएका छन्।
उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले १ हजार ७२ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ३१३ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले २११ मत ल्याएका छन्। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ ।
इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। शनिबार भएको मतदानमा ५८ प्रतिशत मत खसेको थियो।



















































