काँकरभिट्टा । झापा काकरभिट्टाका घरधनी बिष्णुमाया श्रेष्ठले अदालतले दिएको आदेश पालना नगर्दा आफू मारमा परेको ब्यवसायी देबीभक्त श्रेष्ठले बताएका छन् ।

बिहीवार मेचीनगरस्थित प्रेस क्लबको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कानुनी निकाय अदालतको आदेश घरधनीले नमान्दा आफुमाथि अन्याय भएको बताए । होटल सञ्चालक श्रेष्ठले सम्मानीत अदालतको आदेश कार्यान्वयन हुनेमा आशाबादी रहेकाले सरोकार निकायसहित सम्बन्धीत सबैमा समन्वयको भुमिका निर्वाह गरिदिन आग्रहसमेत गरेका छन् । 

श्रेष्ठका अनुसार बिराटनगर उच्च अदालत इलाम इजलासले पहिलो पटक गत फागुन ६ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि फागुन १३ गते अन्तरिम आदेश, तेस्रो पटक चैत ८ गते लिखित जवाफ र चौथो पटक चैत १२ गते अदालतको अपहेलना गरेको भन्दै ७ दिनभित्र घरधनीलाई लिखित जवाफ माग गरेको छ । 

सम्मानित अदालतको फैसला र आदेशलाई अटेर गर्दै आएको घरधनी बिष्णुमाया श्रेष्ठ (दाहाल) ले आफ्नो होटल हिकोला हेरिटेज नामको अगाडी नयाँ होटल हिकोला हेरिटेजको नामले होटल चलाएकोप्रती आपत्ति जनाएका थिए ।

१५ वर्षका लागि आफुले भाडामा लिएको घरमा १२ वर्ष सम्झौता अझै बाँकी रहेकाले उक्त होटल सञ्चालनका लागि आफू जस्तोसुकै सहमति गर्न तयार रहेको श्रेष्ठले बताए ।