शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका-११ स्थित रतुवामाई बृक्षारोपण आयोजना क्षेत्रमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

सुकेका ठुटा वा दाउरा खोज्न गएकी बुधबार साँझ ६ वजे आयोजना  क्षेत्रमा पवित्रा भेटवालको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाउरा खोज्न गएकी भेटवालका श्रीमान् दिलिप भेटवाल हात्तीको आक्रमणबाट घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घाइते दिलिपलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।