मेचीनगर । झापाको मेचीनगर-५ स्थित बाल कल्याण माद्यामिक विद्यालयले स्थापनाको ५० औं वर्षको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । वार्षिक उत्सब कार्यक्रमकै दिन स्वर्ण महोत्सवको तयारी गरेको आइतबार विद्यालयमा आयोजित पत्रकारसमक्ष जानकारी दिइएको छ ।
बि.स.२०३१ मा स्थापना भएको विद्यालयमा हाल ३२१ जना विद्यार्थी अध्ययनरत छन् । मेचीनगरका वडामध्ये सबै भन्दा कम जनसंख्या भएको वडा रहेकाले विद्यार्थीको संख्यामा पनि कमी आएको विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले जानकारी दिए ।
विद्यार्थीको सङ्ख्या थोरै भएपनी गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप गर्दै बार्षिक उत्सबसहितको स्वर्ण महोत्सवको तयारी गरेको प्रअ न्यौपानेको भनाई थियो ।
स्वर्ण महोत्सवमा विद्यालयको स्थापनाकालदेखि हालसम्मको अवस्थाको बारेमा स्मारिका प्रकाशनसँगै पाण्डुलिपी सार्वजनिक गर्ने योजना रहेको जानकारी गराएको थियो ।
मन्जुकुमारी दाहालले आफ्नै लागतमा निर्माण गरिदिएको विद्यालयको `स्मारक स्तम्भ´र अर्का दाताले निर्माण गरिदिएको सरस्वती मन्दिरको उद्घाटनसमेत गरिने प्रअ न्यौपानेको भनाई थियो । विद्यालयको वार्षिक उत्साव कार्यक्रम अन्तरगत आइतबार सम्पन्न अन्तरमाबी प्रश्नाेउत्तर प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा बाल कल्याण माद्यामिक विद्यालय प्रथम भएको छ भने अन्तरमाबी क्रिकेट प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको विद्यालयका खेलकुद संयोजक उज्ज्वल सुवेदीले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम र द्वतीय हासिल गर्ने विद्यालयलाई क्रमशः २० हजार र १५ हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
विद्यालयको अतिरिक्त क्रियाकलाप संचालनार्थ मेचीनगर-५ को कार्यालयले १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ भने अक्षयकोषको ब्याजको आम्दानीले अपुग खर्चलाई ब्यवस्थापन गरिने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयले उपलब्ध गराएको २ लाख ५० हजारले विद्यालयमा रंगरोगन गरेको हो ।
यता विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पुर्वविद्यार्थी समाजले पुर्वशिक्षक-शिक्षिकालाई सम्मान गर्ने भएको पुर्वविद्यार्थी समाजका अध्यक्ष नवराज सुवेदीले जानकारी दिए ।


















































