मेचीनगर । संघीय सहरी विकास मन्त्री सीता गुरुङले बर्षौदेखि राष्ट्रिय आवास कम्पनीको स्वामितमा रहेको सार्वजनिक जग्गा मेची नगरपलिकाको स्वामित्वमा ल्याउने प्रतिबद्धता जनाएकी छन् । रास्ट्रिय आवास कम्पनीको क्षेत्राधिकारमा रहेको जमिन उपयोग गर्ने बिषयमा नगरपालिकाले लगानी गरेर अघि बड्न कानुनी प्रावधानले अवरुद्ध गरेको निवेदन परेपछि मन्त्री गुरुङले त्यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
मेचीनगर नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पुर्वमा आर्थिक हबको रुपमा सम्भावित क्षेत्र मेचीनगर पनि भएकाले कम्पनीको अधिनमा रहेको सार्वजनिक जमिनलाई नगरको स्वामित्वमा ल्याउने बताएकी हुन् । बिगत लामो समयदेखि कम्पनीको नाउँमा हुँदा बिकास निर्माण हुन नसकेको, बिकास गर्न नसक्दा राज्यको उचित कर संकलन समेत नभएकोले स्वामित्वमा सार्ने प्रक्रिया सरकारले तत्कालै थाल्ने बताए ।
सार्वजनिक जमिनलाई उपयोग गर्न पाउनुपर्ने मागसहित पटकपटक स्थानीय तहबाट सम्बन्धित मन्त्रालयलाई निवेदन गरेको जानकारी गराउँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री गुरुङले समस्यालाई समाधान गर्न कानूनी अडचन भए पुकाएर समाधान गर्न हावास कम्पनीका प्रबन्ध निर्देशकलाई निर्देशन दिएकी थिइन् ।
छलफल कार्यक्रममा सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेका सार्वजनिक उपयोगका जमिनहरु स्थानीय सरकार र सम्बन्धीत संघ संस्थाहरुलाई स्वामित्व हस्तान्तरण गर्ने, सबै राजनीतिक दल र आम समुदाययको एउटै आवाज भएकाले त्यसलाई तत्काल समाधान गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।
मेची नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टा क्षेत्रका सार्वजनिक जमिनको बारेमा मन्त्री गुरुङलाई जानकारी गराउँदै समस्या र समाधानसहितको परिपत्र (निवेदन) हस्तान्तरण गरेका थिए ।
छलफल कार्यक्रममा संविधान सभा सदस्य रविन कोईरालाले तत्काल स्वामित्व हस्तान्तरण गर्न नसक्ने हो भने आवास कम्पनीको अधिकारबाट उक्त जमिनहरु खोस्नु पर्ने र अर्को निकायको समन्वयमा जमिनको स्वामित्व हस्तान्तरण गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा संविधानसभा सदस्य उषा गुरुङले मन्त्रीले विश्वसनिय काम गर्ने र चाँडै नै मन्त्रीको प्रतिबद्धता अनुसार जमिनका स्वामित्व हस्तान्तरण हुने अपेक्षा गरेको बताएकी थिइन् ।
पुर्व गाउँ विकास समितिका अध्यक्ष डिल्लीराम घिमिरेले सार्वजनिक जमिन उपयोग नहुँदा त्यसको मार निमुखा जनताले पाएकोले चाडो समस्या समाधान गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा राष्ट्रिय आवास कम्पनीका अध्यक्ष, महानिर्देशक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत सरोकावालाहरुको सहभागिता रहेको थियो। छलफल कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीले सञ्चालन गरेका थिए । मन्त्री गुरुङले काँकरभिट्टामा रहेका बसपार्क, काँकरभिट्टा मावि, काँकरभिट्टा क्याम्पस, काँकरभिट्टा खानेपानी उपभोक्ता संस्था, मिनि मार्केट क्षेत्रको स्थलगत अवलोकन गरेकी थिइन् ।





















































