झापा । झापाको मेचीनगर-१० र १४ मा पर्ने पुष्पलाल मार्गको मुहार ९ महिनापछि फेरिएको छ । बाटोको स्तरोन्नतिका लागि कालोपत्रे गर्ने निर्माणको अनुमति पाएको टिमाई भ्याली प्रालीले ढिलासुस्ती शैलीमा निर्माणअन्तरगत आइतबार कालोपत्रे बिछ्याइएपछि पुष्पलाल मार्गको मुहार फेरिएको हो ।
कालोपत्रे निर्माणपछि धुवाँधुलोले आक्रन्त बनेका स्थानीयबासी र उद्योग कलकारखानाको सवारी आगमनमा सहज पुग्ने छ ।
कालोपत्रे निर्माणपछि धुवाँधुलोले आक्रन्त बनेका स्थानीयबासी र उद्योग कलकारखानाको सवारी आगमनमा सहज पुग्ने छ ।मेचीनगर र प्रदेश सरकारको आधाआधा गरी १ करोडको लागतमा ५ सय २० मिटर लम्बाई र १८ मिटर चौडाईको कालोपत्रे र २५० घन मिटरको प्लमवाल निर्माणका लागि २०७९ फागुन २५ गते टिमाईभ्याली प्रालीलाई निर्माणका लागि ठेक्का दिएको थियो ।
सम्झौंतापछि सुस्तगतिमा २०८० साल जेठ महिनामै समय सकिएको थियो । पुनः थप गरेको १ महिना असारसम्ममा पनि निर्माण सम्पन्न नगरेपछि अलपत्र अवस्थामै ठेकेदारले छोडेर भागेको स्थानीयको भनाईं छ । मेची नगरपालिका र स्थानीयको समन्वयमा कालोपत्रे निर्माण गरिएको आइतबार अनुगमनका क्रममा मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । नगरले समन्वय गरेर अलपत्र बनेको बाटो निर्माणमा स्थानीयबासीले सहयोग गर्न निर्माणअवधिभर पुष्पलाल मार्गमा चल्ने सवारीसाधन चल्न नदिन दिन र रातमा गस्ती गर्दै आएका थिए ।
अनुगमनमा उद्योग बाणिज्य संघ कोसी प्रदेशका सदस्य ऋषि तिम्सिना, वडा कार्यालय- १० का अध्यक्ष नारायण खनाल, १४ का बाबुलाल सुब्बा टोल बिकास समितिका पदाधिकारी एबम् स्थानीयबासीको उपस्थिति रहेको थियो ।






















































