प्रकाश उप्रेती

झापा   । वातावरण संरक्षण गर्दै बिपन्न परिवारलाई सहज पुर्याउने उद्देश्यले वातावरण संरक्षण केन्द्र (ईपीसी नेपाल) राैतहटले देशका विभिन्न जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरेको छ ।

झापालगायतका ८ जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरिएको जनाइएको छ । वातावरण प्रदुर्षण नियन्त्रण गर्दै एलपी ग्यासबाट बिदेशीने रकमलाई रोक्नसमेत सुधारिएको चुल्हो वितरण प्रभावकारी अस्त्र बन्ने  वातावरण संरक्षण केन्द्र (ईपीसी नेपाल) झापा संयाेजक अमर मेचेले बताए । 

सुधारिएको चुल्होले निम्न आर्थिक वर्गका समुदायलाई  समेट्ने प्रयास गरेका छौ । त्यसपछि मध्यम वर्गका लागि इन्डेक्सन चुल्हो बितरण गर्ने योजना रहेको छ । सर्वसाधारणले यी दुबै प्रकारका चुल्हो प्रयोग निरन्तर गरेपछि एलपी ग्यास प्रयोग निकै कम हुन्छ संयाेजक मेचेले भने, `देश आर्थिक संकटमा छ, हामीले प्रयोग गर्ने हरेक सामानको रकम सिद्दै विदेशिन्छ । त्यसैले  देशको रकम स्वदेशमै राख्ने यो एउटा योजना पनि हो ।´

उनका अनुसार पहिलो चरणमा बिपन्न वा मजदुर समुदायलाई सुधारिएको चुल्हो बितरण गर्न शुरु गरेको हो ।IMG_20231003_182211सिंगापुरकाे (भीएण्डभ एडभाइजर नामक दातृ निकायले (ईपीसी) नेपाललाई चुल्हो सहयाेग गरेकाे हो । नेपालका ८ वटा जिल्लामा सुधारिएको चुल्हो वितरण गरिरहेकाे छ । बिपन्न तथा मजदुर समुदायको बसोबास रहेको जिल्ला उदयपुर धनुषा, सिरहा, सप्तरी, झापा लगायतका जिल्लामा याे अभियान चलिरहेकाे संयोजक मेचेले बताए ।

५ वर्षकाे ग्यारेन्टी रहेको चुल्होकाे पंखा र एडप्टर बिग्रिए तथा चुल्हो जीर्ण भए परिवर्तन गरिदिन्छौ, मंगलबार मेचीनगर-७ मा आयोजित सुधारिएको चुल्हो वितरणमा संयाेजक अमर मेचेले भने, `हामीले चुल्होसँगै दिएको कुनैपनि सामान नफाल्नु, नच्ल्ने भए पुरानो लिएर नयाँ दिन्छौ, चुल्हो नै जीर्ण भयो भनेपनी भाडाटुटालाई नदिनु हामी नयाँ दिन्छौ ।,

IMG_20231003_182235 1संयोजक मेचेका अनुसार सुधारिएको चुल्होमा दाउरा र बिजुलीको प्रयोग दुबै माध्यमबाट खाना पकाउन सकिनेछ । एलपी ग्यासको मूल्यवृद्धि नजिकिएको चाडपर्वको समयमा सुधारिएको चुल्हो पाएपछि स्थानीय मजदुर र किसान वर्ग औंधी खुसी देखिन्थे ।

मेचीनगरमा २५ हजारबढी वितरण गर्ने:

झापाको मेची नगरपालीकामा बिपन्न र मजदुर वर्गको बाहुल्य रहेको छ ।

त्यसमा पनि आदिवासी, किसान, सुकुम्बासी, सन्थालको बसोबास स्थल भएकाले उनीहरुलाई लक्षित गरेर बढी प्राथमिकतामा राखेको संयोजक मेचेको भनाई छ । मेचीनगरमा २५ हजार सुधारिएको चुला वितरण गर्ने लक्ष लिएकाे हो । चुल्हो वितरण कार्यक्रमअनुसार नगरपालिका-७ वडा कार्यालयले वडावासीलाई सुधारिएकाे मंगलबार वितरण गरेकाे छ ।

वडा कार्यालयकाे वैठक हलमा एक कार्यक्रमकाे आयोजना गरेर ५०४ वटा चुल्होमध्ये आज १५० वटा वितरण गरिएकाे हाे । मेचेका अनुसार मेचीनगरमा हालसम्म मेचीनगरका विभिन्न वडामा ५ हजार ४ सयवटा चुल्हो वितरण गरिसकिएको छ । यसअघि मेचीनगरकाे वडा नम्बर १, २, ४, ५, ८, ९ र १५ मा चुल्हो वितरण गरिसकेको उनकाे भनाई छ । IMG_20231003_133846पहिलो चरणको कार्यक्रम सकिएपछि मध्यम वर्गलाई लक्षित गरेर बिधुतीय इन्डेक्स चुल्हो बितरण गर्नेसमेत उनले जानकारी दिए ।

बाँकी रहेका वडाहरूमा क्रमिक रूपमा वितरण गर्दै जाने उनले बताए । बाहिर खरिद गर्दा ५५ सय रूपैयाँ पर्ने चुल्हो संस्थाले प्रतिचुल्हो २ सय रूपैयाँ लिएर वितरण गरिएको हो । उक्त रकम चुल्हो ढुवानी गर्दा लाग्ने खर्च मात्रै लिएको मेचेको भनाई छ । संस्थाले चुल्होमात्रै फ्रीमा दिन्छ । यहाँसम्म ढुवानी गर्नैपर्यो, त्यसैले प्रती परिवार २ सय रुपैयाँ लिएको हो उनले थपे । 

मेचीनगरसँगै बुद्वशान्ति गाउँपालिका-४ र ५ नम्बर वडा सुकुम्बासी बस्ती तथा इलाम जिल्लाका केही क्षेत्रमा पनि चुल्हो चाँडै बाढ्ने याेजना रहेकाे मेचेकाे भनाई छ । ७ नम्बर वडाका वडाध्यक्ष प्रल्हादमणि ओलीले ८०० चुल्होमध्ये पहिलाे चरणमा ५०४ वटा चुल्हो आएको बताए । १५० वटा चुल्हो वितरण गरिएको उनले बताए ।