मेचीनगर, २९ साउन । बिजुली र थोरै दाउराबाट खाना पकाउन सहज हुने सुधारिएको चुलो पाएपछि झापा मेचीनगर-८ का स्थानीय खुसी छन् । नगरपालिकाको समन्वय तथा इपिसी नेपालको सहयोगमा सुधारिएको चुलो नि:शुल्क पाएपछि स्थानीय खुसी भएका हुन् ।
यसअघि बिभिन्न नगर तथा वडाले दाउरा प्रयोग गर्ने धुवाँरहित सुधारिएको चुल्हो बितरण गर्दैआएपनि यो पटक बिजुली र दाउरा दुबै प्रयोग गर्न मिल्ने एउटा चुल्हो बितरण गरेको हो ।
मेचीनगर-८ स्थित विभिन्न टोलका दुई सय पचास परिवारले सुधारिएको चुलो नि:शुल्क पाएका छन् ।
प्रति गोटा ५ हजार ५ सय रुपैयाँ मूल्य पर्ने धुवाँ रहित बिजुलीबाट र थोरै दाउरामा पनि चल्ने सुधारिएको चुलो पाएपछि अब भान्सामा सहज भएको स्थानीयको भनाइ छ ।
पूर्व जनप्रतिनिधि विकेन्द्र कुमार धिमाल र सन्तोष मेचेको पहलमा एक बर्षअघि नै छनोट भई सिफारिस भएका स्थानीय रेनुका ढुङ्गाना, सिमा मेचे, लक्ष्मी मेचे, भानु लेप्चा, रमा भट्टराई, देवी रिजाल, हेमन्त लेप्चा, लोकनाथ खतिवडा, संगीत तामाङलगायत २५० घर परिवारलाई एक कार्यक्रमबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त चुलो वितरण गरेका थिए ।
इपिसी नेपालको सहयोगमा गत असार महिनामा मेचीनगर ९ मा २५० घर परिवारलाई सुधारिएको चुलो तथा वितरण गरिएको अमर मेचेले जानकारी दिए ।
जनप्रतिनिधिको पहलमा इन्भारमेन्ट प्रोटेक्सन सेन्टर (इपिसी) नेपालको सहयोगमा मेचीनगर ८ स्थित ग्रामथाम टोलमा वितरण गरिएको चुलो वितरण गरिएको हो ।






















































