झापा । झापाको मेचीनगर नगरपालिका–१० का वडा सदस्य विशाल कार्कीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमाले परित्यागको घोषणा गरेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेद्वार बनेर मेचीनगर-१० का वडा सदस्यमा निर्वाचित भएका २६ बर्षीय कान्छा जनप्रतिनिधि कार्कीले मंगलबार सामाजिक संजाल फेसबुकमार्फत पार्टी छाडेको सार्वजनिक गरेका हुन् । एमाले मेचीनगर कमिटीका सदस्यसमेत रहेका कार्कीको बहिर्गमनले स्थानीय तहमा एमालेको सांगठनिक अवस्थाबारे थप चासो पैदा गरेको छ ।
मेचीनगरका सबैभन्दा कान्छा जनप्रतिनिधिका रूपमा चिनिएका कार्कीले तत्काल अर्को कुनै राजनीतिक दलमा प्रवेश नगर्ने स्पष्ट पारेका छन्। उनले स्वतन्त्र भएर बस्ने सोच बनाएको संजालमा उल्लेख गरेपनि जेनजी आन्दोलनपछि बनेको सरकारले स्थानीय तहको निर्वाचनकै संघारमा पार्टी पारित्यागले एमाले पार्टी बृत्तमा चासोको साथ हेरिएको छ ।
उनले आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्ने वा नबन्ने विषयमा अहिले नै निर्णय नगरेको बताए छ । मेचीनगर-१० मा एमालेका जनप्रतिनिधिले पार्टी छाडेको भने यो पछिल्लो घटना हो । एमाले मेचीनगर-१० का वडाका अध्यक्ष उमेश डाँगीले पार्टी परित्याग गरेका थिए । त्यतै एमालेका जिल्ला सदस्य युवा नेता सन्तोष आचार्यले पनि यसअघि एमाले परित्याग गर्दै उज्यालो नेपालमा प्रवेश गरेका छन् ।





