काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध लगाएको छ । उनलाई २४ घण्टा भित्र राहदानी बुझाउन आदेश दिइएको छ । तर पालना नगरेपछि उनको राहदानी रद्द गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो र उनको परिवारलाई भिसा जारी गरेर अमेरिका प्रवेश गर्न दिने बताएका बीबीसीले जनाएको छ । यो घटनाले ब्राजिलको राजनीतिक वृत्तमा नयाँ विवाद सिर्जना गरेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेको बेला ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे डी मोराइसले सोमबार फ्लाभियोलाई देश छाड्न नपाउने आदेश दिएका थिए । साथै, २४ घण्टाभित्र आफ्ना राहदानी प्रहरीलाई बुझाउन निर्देशन दिएका थिए ।

फ्लाभियो र वकिल विलर तोमाजबीचको सम्बन्ध तथा सम्भावित वित्तीय कारोबारबारे अनुसन्धान भइरहेको छ । फ्लाभियोले आफूमाथिका आरोप भने अस्वीकार गर्दै आएका छन् । 

आइतबार सम्पन्न ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार बोल्सोनारो वामपन्थी प्रतिद्वन्द्वी लुलासँग पराजित भएका थिए । निर्वाचन परिणाम सार्वजनिक भए पनि बोल्सोनारोले हालसम्म पराजय स्वीकार गरेका छैनन् । 

फ्लाभियोका पिता तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारो पनि सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि अमेरिका गएका थिए । पछि ब्राजिल फर्किएका उनी सन् २०२२ को निर्वाचनपछि सत्ता कब्जा गर्ने प्रयास गरेको अभियोगमा सुनाइएको २७ वर्षको जेल सजायअन्तर्गत अहिले घरमै नजरबन्दमा छन् । 

फ्लाभियोले सोमबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू ब्राजिल छाड्ने मनसायमा नरहेको बताएका थिए । उनले अदालतको आदेश पालना गर्दै राहदानी बुझाउने र राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारविरुद्ध राजनीतिक प्रतिपक्षका रूपमा काम जारी राख्ने बताएका थिए । 

रोयटर्सका अनुसार फ्लाभियो ब्राजिल छाडेर अमेरिका पुगेको समाचार सार्वजनिक भएको छ । यद्यपि, उनी कुन बाटो हुँदै अमेरिका पुगे भन्नेबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन ।