रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्ले चौतारा टोलस्थित गोठमा बाँधेको गाई काटेर खुट्टा लगेको अवस्थामा फेला परेको छ । सुकबहादुर थिङ तामाङको गोठबाट अपरिचित व्यक्तिहरुले गाईको घाँटी रेटेर खुट्टा लगेका हुन् । घरनजिकै रहेको गोठमा एउटा भैंसी र एउटा गाईँ थियो । हिजो गाईँलाई घाँस हाल्न जाँदा घाँटी रेटेर पछाडिको दुवै खुट्टा लगेको अवस्थामा फेला परेको हो । उनले तुरुन्तै प्रहरीलाई खबर गरेकोमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाका सूचना अधिकारी इन्स्पेक्टर डिल्लीराज सापकोटाले बताए । 

‘हामीले खोजी गरिरहेका छौं । अहिलेसम्म कोही पक्राउचाँहि परेका छैनन्’,उनले भने ।