कञ्चनपुर । तिहार नजिकिएसँगै प्रतिबन्धित पटाका ओसारपसारमा प्रहरीले थप कडाइ गरिरहेको छ । यसैबीच सशस्त्र प्रहरी बलले कञ्चनपुरबाट ठूलो परिमाणमा पटाका नियन्त्रणमा लिई नष्ट गरेको छ । सशस्त्रका अनुसार आज बिहान ३५ नम्बर गण हेडक्वाटरशैलेश्वरी तथा मातहतका युनिटको टोलीले गस्तीका क्रममा दोधारा चाँदनी नगरपालिका–१, फोरलेन पुल सडकखण्डको बाँध क्षेत्रबाट लाखौं रकम बराबरको पटाका बरामद फेला परेको थियो । बाँध क्षेत्रमा लुकाईछिपाई राखिएको अवस्थामा तीन लाख ७० हजार मूल्य बराबरको सात हजार चार सय प्याकेज पटाका भेटिएको जनाइएको छ । बरामद गरिएका सम्पूर्ण पटाका कानूनबमोजिम नष्ट गरिएको सशस्त्रले जानकारी दिएको छ ।





