बाहुनडाँगी । मेची नदीमा आएको बाढीले जंगली हात्तीको आगमन छेक्न लगाएको ३ वटा पिलरसहित फेन्सिङ तार बगाएको छ । मेचीनगर नगरपालिका १ र ४ को सिमाना प्रसाद गौडामा मेची नदीमा बाढीले कटान गर्दा पिलरसहित फेन्सिङ तारसमेत बगाउँदा अन्दाजी एक लाखबढी क्षति भएको छ
नेपाल-भारत सीमा क्षेत्र काँकरभिट्टा, बाहुनडाँगी र त्यस आसपासका क्षेत्रमा जंगली हात्तीको आक्रमण र उपद्रोलाई न्यूनीकरण गर्न नेपाल सरकारले प्रवेशद्वारमा लाखौंको फेन्सी तारवार निर्माण गरिएको थियो ।
सुरुमा उक्त फेन्सी तारवारले हात्ती आगमन रोकथाम भएपनी हाल तारवारमा क्षति पुर्याउदै प्रवेश गर्दै आएका छन् ।
मेची नदीले पोलसहित फेन्सी तारवार बगाएपछी जंगली हात्तीको जोखिम बढेको छ । हात्ती रोक्ने एक मात्रै अस्त्रको रुपमा रहेको फेन्सी तारवार नै बगाएपछी स्थानीय बासिन्दा कसरी अन्नवाली जोगाउने र आफूहरू पनि सुरक्षित हुने भन्ने त्रासमा छन्।
विगतमा त्यसरी गाउँ पस्ने हात्तीलाई मानिसहरूले मिलेर भगाउन खोज्दा हात्तीले आक्रमण गर्ने गरेका थुप्रै घटना भएका छन्। केही सर्वसाधारणको त ज्यानसमेत गएको छ।
करिब ८ दशकयता जंगली हात्तीलाई छेक्न विद्युतीय तारबार लगाइयो। तर ती तारबारले काम गर्न छोडेपछि अहिले फेरी विगतमा जस्तै त्रासमा स्थानीय बासिन्दा छन्।
अरुबेला भन्दा जेठ असार महिनामा हुल बाँधेर आउने हात्तीहरू नेपाल पस्ने गरेका छन् ।