झापा । राजस्व चुहावट नियन्त्रणका लागि आन्तरिक राजस्व बिभागले कम्पनी तथा संस्थागत खातामा मात्रै कारोबार अनिवार्य ब्यवस्था गरेको छ । बिभागले व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्दा राजस्व चुहावट भएको पाएपछी संस्था वा फर्मकाे खातामा कारोबार अनिवार्य गरेको हो ।

उक्त ब्यवस्था कार्यान्वयन नगरेको पाएमा त्यस्तो संस्थालाई जरिवानासहित कार्वाही  गर्ने बिभागले जनाएको छ ।

आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्नसमेत भनेको छ ।

व्यवस्था कार्यान्वयन नगरिएको ठहर भएमा हरेक पटक पाँच हजार रूपैयाँ वा कुल कारोबारको कुल कारोबार रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ उक्त रकम लिएर कार्वाही गर्ने समेत जनाएको छ ।

'कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन' आर्थिक ऐनमा उल्लेख गरिएको छ।

यसको अर्थ यस्तो रकम व्यावसायिक कारोबारमा सम्बन्धित कम्पनी तथा संस्थागत खातामा पठाउनुपर्ने हुन्छ। 

यसले कर चुहावट घटाउन तथा असल कारोबार गर्न सहयोग पुर्‍याउने आन्तरिक राजस्व विभागले जनाएको छ ।

त्यस्तै आयतित वस्तुको भ्याट बल काट्ने क्रममा हार्मोनाइज कोड उल्लेख गर्ने व्यवस्था पनि आर्थिक ऐन २०८१ मा गरिएको छ।