बिर्तामोड । अलैंची ग्रेडिङमा मेसिनको प्रयोग हुने भएपछि ब्यवसायीलाई सहज हुने भएको छ । परम्परागत शैलीमा अलैंचीको ग्रेडिङका लागि झापाको बिर्तामोडका ब्यवसायीका लागि मेसिनले प्रयोग गर्ने भएपछि सहज हुने भएको हो । स्वीस सरकारको सहयोगमा बुधबार अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमै निर्माण गरिएको उक्त मेसिनको नेपाल अलैंची व्यवसायी महासंघले परीक्षण गरिएको हो । सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इन्जिनियरिङले उक्त मेसिन निर्माण गरेको जनाइएको छ ।
स्थानीयस्तरमै पाइनले सामाग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताएका छन् । मेसिन परीक्षणकै क्रममा रहेकाले अझै परिमार्जित गरिने उनले बताए । उनका अनुसार एउटा मेसिनको मूल्य करिव ५० हजार रुपैयाँ पर्नेछ ।
उत्पादनलाई प्रविधिसँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतिक देवकोटाले बताए । किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा मेसिन बनाउने काम गरेको बताउँदै देवकोटाले उक्त मेशिनले लागत घटाउनुका साथै काम गर्न सहज हुने अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । उनले अहिले हाते जालीबाट अलैंची ग्रेडिङको काम भइरहेको बताउँदै मेसिनले लागत र समय बचत हुने विश्वास ब्यक्त गरे ।
केही अलैंची व्यवसायीले भारतबाट मेसिन खरीद गरेर अलैंची ग्रेडिङ गरिरहेको उनले बताए । भारतबाट ल्याइने मेसिन महँगो छ, एउटा मेसिनको करिब १० लाख रुपैयाँ पर्ने, अहिले परीक्षण गरिएको मेसिन ५० हजारमै पाइने र किसान र व्यवसायलाई सहज हुने उनले बताए ।
मेसिनबाट तीन प्रकारको अलैंची ग्रेडिङ हुनेछ । जम्बो जेट (जेजे), सुपर डिलक्स, चलन–चल्तीको गरी तीनवटा आकारको अलैंचीको दाना ग्रेडिङ हुने जनाइएको छ ।