झापा । आज बिहान करिब ४ बजेर ४५ मिनेटमा नेपाल–तिब्बत सीमा क्षेत्रमा भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्प ४.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का काठमाडौंसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ । बिहानको समयमा भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका थिए ।भूकम्पको केन्द्रबिन्दु नेपाल–तिब्बत सीमा क्षेत्र रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरण प्राप्त हुन बाँकी छ ।





