झापा । झापाकाे भद्रपुरमा पहिलाे पटक अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता आजदेखि सुरु भएको छ । भद्रपुर-९ स्थित पुँहातु जनज्योति माविकाे खेल मैदानमा शुक्रबारदेखि कार्तिक १५ गतेसम्म `प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फाइव एस हक्की प्रतियोगिता´ सुरु भएको हाे । आज उद्घाटनको तयारी गरेपनि मौसम प्रतिकुलताका कारण शनिबार उद्घाटन गर्ने गरी प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ ।
पहिलो दिनको कोशी प्रदेश र कर्णाली प्रदेशबीचकाे पहिलो हक्की प्रतियोगितामा कोशीलाई शुन्यका विरुद्ध ६ गोल गर्दै कर्णाली प्रदेश लिग चरमा जित हासिल गरेको छ । त्यसैगरी गण्डकी प्रदेशलाई ३- ६ गोल अन्तर गोल गर्दै त्रिभुवन आर्मी क्लबले पहिलो लिगमा जितेको छ ।
भद्रपुर नगर हक्की संघ र एपीएफबीच भएको तेस्रो खेलमा ७-शुन्य गोल गर्दै आयोजक भद्रपुरले पहिलो लिग चरणमा जित गरेको छ । त्यस्तै नेपाल पुलिस क्लब र भारतको आरके रोय हक्की एकाडेमीबीचको प्रतियोगितामा ४-२ गोल गर्दै नेपाल पुलिसले जित गर्दै लिग चरणमा अंक तालिकामा अगाडि छ ।
अर्को आसमको बोङनाइगाउ स्पोर्ट्स एकाडेमी र गण्डकी प्रदेशबीचको पाचौं खेलमा ८-१ गोल गर्दै आसमको बोङनाइगाउ स्पोर्ट्स एकाडेमीले अग्रता लिएको छ भने कोशी प्रदेश र हक्की एसोसिएट बैसाली भारतबीचको खेलमा १-४ गोल गर्दै भारतले जित गरेको छ ।
त्यस्तै भद्रपुर नगर हक्की संघ र बोङनाइगाउ स्पोर्ट्स एकाडेमीबीचको सातौं खेलमा ५-३ गोल गर्दै आयोजक हक्की संघले जित गरेको छ भने त्रिभुवन आर्मी क्लब र एपीएफबीचको आठौं खेलमा ५-३ गोल गर्दै त्रिभुवन आर्मी क्लबले अग्रता लिएको छ । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको नवौं लिग चरणको खेलमा ३-९ गोल गर्दै नेपाल पुलिसले अग्रता लिएको आयोजक समितिका महासचिव खगेन्द्र ढुंगानाले जानकारी दिए ।
उनका अनुसार शनिबार बिहान्न ८ बजेदेखि प्रतियोगिता सुरु हुने छ भने १० बजे उद्घाटन कार्यक्रम तय गरिएको छ ।भद्रपुर नगर हक्की संघले आयोजना सुरु भएको प्रतियोगितामा नेपालका ७ वटा र भारतका ३ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताबाट प्रथम हुने विजेता टिमलाई २ लाख र उपविजेतालाई १ लाख र तेस्रो हुने टिमलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएकाे छ । झापामा पहिलाे पटक एतिहासिक प्रतियोगिताका सम्पन्न गर्नका लागि सम्पन्न गर्न ३५ लाख रूपैयाँ खर्च हुने भएपछि प्रदेश सरकारले २० लाख बिनियोजन गरेको जनाइएको छ । प्रतियोगिताकाे उद्घाटन काेशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले गर्ने कार्यक्रम तय गरिएको भद्रपुर हक्की संघका अध्यक्ष सराेजकुमार वस्नेतले जानकारी दिए ।





