चारआली । किरात याक्थुङ चुम्लुङ मेचीनगर-१३ को १९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ  ।कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष वीरबहादुर बेघाले पानसमा दिप प्रज्वलनपछि १९ औं साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा किरातको पहिचान झल्काउने तथा सांस्कृतिक महत्त्वका नृत्य, गीत-संगीत प्रस्तुत गरिएको थियो । सोहि अवसरमा एसइई परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्दै उतिर्ण सोनिहाङ्ममा बेघालाई प्रमुख अतिथि वेघाले सम्मान गरेका थिए ।

दुर्गाधन मेन्याङ्बो सभापतित्वमा सम्पन्न १९ औं साधारण सभामा खबिनबहादुर थेबे, पुर्वअध्यक्ष एबम् जग्गादाता आरबि पालुङ्वा, मेचीनगर-१३ का संस्थापक अध्यक्ष कियाछु, किरातेस्वर माङ्हिमका अध्यक्ष अर्जुन थेबे, मोहन चोङ्बाङ, मिलन मेन्याङ्बो र मैतराज बोखिमको आतिथ्यतामा सम्पन्न भएको थियो । 

भीमा लिम्बूको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मानध्वज नेयोङलेले गरेका थिए ।