धुलाबारी । झापाको मेचीनगर-११ स्थित लाल–भागिरथा बानियाँ प्रतिष्ठानले शनिबार छुट्टाछुट्टै तीन विद्याका तीन जनालाई उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान सम्मान गरेको छ । ७ औं बार्षिक साधारणको अवसरमा जालपा सभाहलमा आयोजित साधारणसभा एक दम्पतिलाई समेत सम्मान गरेको छ । FB_IMG_1765016227135
समाजमा उत्कृष्ट तथा उदाहरणीय कर्म गर्ने तीन विद्याबाट छनोट गरी आफ्ना अभिभावक स्वर्गीय लालबहादुर बानियाँको जन्मदिन मंसिर २० गते प्रोत्साहनस्वरुप पुरस्कृत एबम् सम्मान गर्दै आएको छ ।
प्रतिष्ठानले यश वर्षको उत्कृष्ट प्रतिभा पुरस्कार झापाका वरिष्ठ पत्रकार नकुल काजीलाई प्रदान गरेको छ । IMG_20251206_131343त्यसैगरी लालबहादुर उत्कृष्ट कृषि पुरस्कार मेचीनगत-९ स्थित उज्यालो भविष्य जैविक कृषक समूहका अध्यक्ष इन्द्र पाठकलाई र भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार मालती राजबंशीलाई सम्मानसहित पुरस्कृत गरिएको हो । सम्मानित ब्यक्तीलाई कार्यक्रमका प्रमुख अतिथि अतिथि राष्ट्रिय सभा सदस्य एवम् समाजसेवी गोपालकुमार वस्नेतले जनही नगद ३१ हजार राशीसहित प्रशंसा पत्रद्वारा सम्मान गरेका थिए ।Messenger_creation_E908844E-AF96-4BDD-9110-FBF8BB630A47
आफ्ना १२१ वर्षीया सासुआमा पुहानी राजबंशीको स्याहार तथा हेरचाह गर्दै आएकी मेचीनगर–७ स्थित मदनवस्तीकी ७० वर्षीय उत्कृष्ट गृहिणी मालती राजबंशीलाई सम्मान गरेको हो ।
यसैगरी प्रतिष्ठानले मेचीनगर–११ निवासी एकजोडी ज्येष्ठ दम्पतीलाई पनि सम्मान गरिएको छ । जसमा ९० वर्षीय हेमलाल खतिवडा र ८१ वर्षीया तुलसा खतिवडालाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य एवम् समाजसेवी वस्नेत, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ लगायतले सम्मान गरेका थिए ।
यसैबीच प्रतिष्ठानले ‘ज्येष्ठ नागरिकको अभिभावकत्व, युवा समुदायको संरक्षण गर्ने दायित्व’ विषयक वतृत्वकला प्रतियोगिता विजेतालाई नगदसहित सम्मान गरेको छ । IMG_20251206_134730 2प्रतियोगितामा प्रथम हुने मेचीनगर–१० धुलाबारी माविकी जयन्ती बुढाथोकी, दोस्रो हुने दोस्रो मेचीनगर–१२ स्थित सरस्वती बालकल्याण माविका विद्यार्थी डिमेश्वरी भट्टराई, तेस्रो हुने मेचीनगर–१४ स्थित बाल सुवोधिनी माविकी अनुजा रायमाझी र सान्तवना हुने मेचीनगर–९ स्थित कवि शिरोमणि माविका साजन मगरलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समाजसेवी वस्नेत, मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, सम्मानित व्यक्तित्व पत्रकार नकुल काजी विद्यार्थी जयन्ती बुढाथोकीलगायतले मन्तव्य राखेका थिए ।IMG_20251206_123759
प्रतिष्ठानका अध्यक्ष बानियाँले अर्गानिक कृषि खेती किसान वा समूह, पत्रकारिताबाट समाजमा पुर्याएको योगदान र सासुआमाको स्याहार सुसारमा अहोरात्र खट्ने वुहारीलाई असल बुहारीको रुपमा  प्रतिभा सम्मान गर्दैआएको जानकारी गराएका थिए ।IMG_20251206_134313
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षता तथा कोषाध्यक्ष आशा बानियाँ उप्रेतीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत सचिव डम्बर देवजाले र सञ्चालन सहसचिव उपेन्द्र बानियाँले गरेका थिए ।