बिर्तामोड । बैंकिङ कसुरमा झापा बिर्तामोडका ब्यवसायी गोपीचन्द्र गिरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोड ५ बस्ने ७२ वर्षीय गोपीचन्द्र गिरीलाई पक्राउ गरेको हो । २५ लाख रुपैयाँको बैंकिङ कसुर सम्बन्धी चालु मुद्दाका प्रतिवादी गिरीलाई पक्राउ गरी बिर्तामोड प्रहरीको हिरासतमा राखिएको थियो । एकाएक बिरामी भएपछि बिर्तासिटी अस्पतालमा भर्ना गराई उपचार भइरहेको जनाइएको छ । होटल व्यवसायी गिरी बिर्तामोड नगरपालिकाका पूर्वजनप्रतिनिधि हुन् ।





