IMG_20231127_233024प्रकाश उप्रेती

चारआली । राजबंशी समुदायमा लोप हुन लागेको लोक संस्कृति `रंग पाँचाली गाउन´को जगेर्ना गर्ने उद्देश्यले झापाको मेचीनगर-१३ सांस्कृतिक कार्यक्रम सुरु भएको छ । तेलिबारी राजबंशी समुदायको आयोजनामा सोमबार साझदेखि दुईदिने `रंग पाँचाली गाउन´ अन्तरगत संगीतमय नाटक सुरु भएको हो । IMG_20231127_225728बिषेश गरेर राजबंशी समुदायका नारीलाई लक्षित गरेर समाजमा त्यसको असरबारे गीत, नृत्य र नाटकबाट ब्याङ्ग्य गर्दै नराम्रो संगतमा लागेकालाई सुधार गर्ने कार्यक्रमको रुपमा लिइन्छ । तर, मेचीनगरमा रहेका राजबंशी समुदायभित्र विभिन्न समस्याका कारण ३३ वर्षयता `रंग पाँचाली गाउन´ को आयोजना गर्न छोडेका थिए ।IMG_20231127_225522त्यसअघि बर्सेनि यसखाले सांस्कृतिक कार्यक्रम गर्दैआएपनी पछिल्लो समयमा कलाकार र उपयुुक्त वातावरणको अभाव हुँदा राजबंशी समुदायभित्रका नयाँ पुस्ताले यस किसिमको सन्देशमुलक कार्यक्रम हेर्न र महसुस गर्नसमेत पाएका थिएनन् ।

`कलिजुगेर नारी, भातार थाकिते आरी´कलियुगमा महिलाले सिँदुर नलागाउने, अर्काको श्रीमान् लाई नजिक बनाउने, श्रीमान्  हुँदाहुँदै अर्काको बुढासंगै हिड्ने महिलालाई व्यंङ्य गरेको कथाबस्तुसहितको संगीतमय नाटक प्रस्तुत गरिएको थियो । IMG_20231127_224827कलियुगमा महिलालाई नराम्रो काममा नहिड्न उपदेशसहितको नाटक राजबंशी समुदायका लागि सन्देशमूलक रहेको आयोजकका संयोजक अर्जुन राजबंशीले बताए ।

पहिलेपहिले बर्सेनि रुपमा सन्देशमुलक कार्यक्रम गर्दैआएपनी समुदायभित्र युवा पुस्तामा रोजगारी ब्यस्तता र वैदेशिक रोजगारीका क्रममा बिदेश पलायनकै कारण कार्यक्रम गर्न नसकिएको समाजसेबी सर्त राजबंशीले बताए । हाल कलाकारको अभावले नै नयाँ पुस्तामा यस किसिमको सन्देशमुलक कार्यक्रम गर्न नसकिएको  राजबंशी समाज बिकास समितिका पुर्वअध्यक्ष पर्शुराम राजबंशीले जानकारी दिए ।IMG_20231127_215232स्थानीय कलाकार पलायनकै कारण सोमबार साँझको कार्यक्रमका लागि भारतको इस्लापुर थुक्राबारीबाट २२ जना कलाकार ४२ हजार पारिश्रमिक दिएर ल्याएको अर्जुन राजबंशीको भनाई छ । झापामा ७० हजारबढी र झापा, मोरङ र सुनसरीमा २ लाखबढी राजबंशी समुदाय बाहुल्यता रहेपनी समुदायभित्रकै संस्कृतिलाई जगेर्ना गर्न स्थानीय सरकारको पहलमा कार्यक्रम आयोजना गरेको मेचीनगर-१३ का अध्यक्ष कृष्णराज सिग्देलले बताए ।   

सन्देशमुलक सांस्कृतिक कार्यक्रमअघि अर्जुन राजबंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष कृष्णराज सिग्देल, वडा सदस्य रीता परियार, टेकेन्द्र ढकाल, पर्शुराम राजबंशी, मनोरथ राजबंशीलगायतले बोलेका थिए । कार्यक्रमको संचालक सर्त राजबंशीले गरेका थिए ।