चारआली । आशावादी बहुउद्देश्यीय सहकारी संस्थाले संस्था संचालनमा योगदान पुर्याउने विभिन्न बिधाका ७ जना उत्कृष्ट ब्यक्तीलाई सम्मान गर्दै नबौ साधारण सभा सम्पन्न गरेको छ । IMG_20231014_131502संस्थालाई योगदान पुर्याएको भन्दै एकल महिलाको तर्फबाट  रिना राई, बालबालिकाको तर्फबाट एलिना लिम्बु, सीता लिम्बु, बयोबृद्दाद्वय दुर्गा महत र पदमबहादुर कट्वाल, कर्मचारीको तर्फबाट कल्पना खतिवडा र उत्कृष्ट जनसेवकको रुपमा ट्राफिक प्रहरी पोष्ट चारआलीका इन्चार्ज जनक तिम्सिनालाई सम्मान गरेको हो । IMG_20231014_140154२०७० सालमा स्थापना भएको आशावादी बहुउद्देश्यीय सहकारी संस्था अघिल्लो वर्ष २ करोडको कारोबार गरेको थियो भने यो पटक ४ करोड ८४ लाखबढीको कारोबार गरेको संस्थाका प्रमुख ब्यवस्थापन बद्री महत्तले जानकारी दिए ।  आगामी वर्ष ५ करोडको कारोबार गर्ने योजना अघि सारेको महतको भनाई छ । IMG_20231014_131611बोलप्रसाद कोइरालाले लेखा समितिको बार्षीक आर्थिक प्रतिवेदन र अध्यक्ष मिनादेबी खड्काले अध्यक्षको प्रतिवेदन वाचन गरेकी थिइन् । कार्यक्रममा मेचीनगर-१३ का अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि कृष्णराज सिग्देलले उद्घाटन गरेको कार्यक्रममा विशेष अतिथि डिभिजन सहकारी संस्थाका अध्यक्ष डिल्ली दाहालले संस्थाका निष्क्रिय सदस्यलाई परिमार्जन गर्न निर्देशन दिएका थिए । सहकारीमा देखिएको समस्यालाई समिति, ब्यवस्थापन पक्ष, कर्मचारी सबैको उत्तिकै योगदान र दायित्व हुने भएकाले कारोबारमा ध्यानदिएर अघि बढ्न आग्रहसमेत गरेका थिए ।

IMG_20231014_135824 1
मेचीनगरका परिषद सदस्य रीता परियार, ट्राफिक पोस्ट चारआलीका इन्चार्ज, कर्मचारी सुनिता दुलाल लगायतले मन्तव्य राखेका थिए ।

मिनादेबी खड्काको अध्यक्षतामा सप्पन्न नबौ वार्षीक साधारण सभामा स्वागत हेमा निरौलाले र संचालन बद्री महत र बिना बानियाँले गरेका थिए । IMG_20231014_131846संस्थाले निष्क्रिय सदस्यलाई हटाएर सकृय सदस्य प्रवेश गरी  समितिलाई पुर्णता दिएको अध्यक्ष मिनादेबी खड्काले जानकारी दिइन् ।IMG_20231014_142123 1