रसुवा । रसुवामा आएको बाढीमा परेर एकै परिवारका तीन जना सम्पर्कविहीन भएका छन् । रुकुम पश्चिम स्थायी घर भई जागिरको सिलसिलामा रसुवा बस्दै आएको परिवार सम्पर्कविहीन भएको हो।

सम्पर्कविहीन हुनेमा मुसिकोट नगरपालिका–१४ माइती भई आठबिसकोट नगरपालिका–७ मा विवाह गरेकी कोपिला केसी बोहरा, उनका श्रीमान् खम्बु बोहरा र आठ महिने छोरी रहेका छन्।

खम्बु गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा स्याफ्रूबेँसीमा कार्यरत रहेको बुझिएको छ भने कोपिला गाउँपालिकामै कार्यरत छिन्।

तीनै जनाको अवस्थाबारे जानकारी नहुँदा अहिले उनका परिवारजन र आफन्तजन चिन्तित छन्।