मेचीनगर । मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि खेमराज प्रसाईसहितको साझा समुहले उम्मेद्वारी घोषणा गरेको छ । झापाको धुलाबारीमा आयोजित पत्रकारमाझ अध्यक्षमा प्रसाईसहित पदाधिकारी र सदस्यहरुको उम्मेद्वारी घोषणा गरिएको हो । साझा समूहमा बरिष्ठ उपाध्यक्ष पदमा आनन्द खड्का, उद्योग उपाध्यक्ष पदमा भीमबहादुर कुवँर, वाणिज्य उपाध्यक्ष पदमा तिलक थापा, महिला उपाध्यक्ष पदमा उषा श्रेष्ठ र महासचिव पदमा दिनेश शाक्यको उम्मेद्वारी घोषणा गरेका हुन् ।
त्यस्तै कार्यसमिति खुला सदस्यहरुमा मानकुमार कटुवाल, दिनेश पोख्रेल, सचिन निरौला, ललीत अग्रवाल, फिरोज बराल, सुरज चौधरी, चन्द्र घोर्साइ, बिजय गुप्ता चुनावी मैदानमा उत्रेको जानकारी दिइएको थियो। त्यस्तै महिला सदस्यहरुमा रमा आचार्य बस्नेत र मिरा कार्कीको उम्मेद्वारी रहने पत्रकार सम्मेलनमा महासचिव दिनेश शाक्यले जानकारी दिए । वर्तमान अध्यक्षसमेत रहेका प्रसाईले आफुले सुरु गरेको केही महत्त्वपूर्ण कार्यसम्पादन पुर्ण नभएकै कारण पुनः अध्यक्ष पदमा उम्मेद्वारी दिनुपरेको स्पष्ट परेका थिए । आम ब्यवसायीको हकहित तथा अधिकारका लागि सुरु गरेका कतिपय काम पुर्ण भएका छैन, ती कामलाई पुर्णता दिन आफूले नेतृत्व दोहोर्याउन चाहेको साथीहरूलाई जानकारी पनि गरेको थिए । तर, कपिल जिहरुले गर्न चाहेको सहमति नकारेपछी छुट्टै समुह बनाएर चुनावी मैदानमा उत्रिनु परेको अध्यक्षका उम्मेद्वार प्रसाईंको भनाई थियो । संघको साधारण सभा बैशाख १९ गते र निर्वाचन बैशाख २६ गते तय गरिएको छ ।





















































