झापा । जवरजस्ती करणी उद्योग कसूरमा पक्राउ परेका झापाका उद्योगी प्रदिप मित्तललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले तेस्रो पटक फेरि ५ दिनको म्याद थप गरेको छ ।
उनलाई आज झापा जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि तेस्रो पटक पाँच दिनको अनुमति लिइएको प्रहरीले जनाएको छ । यसअघि पनि अदालतले पाँच–पाँच गरी दुई पटक १० दिनको म्याद दिएको थियो । गत चैत १६ गते बिहान मित्तल पक्राउ परेका थिए । उनी पक्राउ परेको रातिदेखि नै अस्पतालमा छन् । चैत १६ गते राति विरामी भएपछि इलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी हिरासतबाट बिर्तासिटी अस्पताल भर्ना गरिएको थियो । उनी अस्पतालबाट जान नमानिरहेको प्रहरी स्रोतले जनाएको छ । अस्पतालले पनि डिस्चार्ज दिन खोजिरहेको छैन ।



















































