झापा । झापाको मेचीनगर -१४ प्रगति-पाथीभरा टोलमा सञ्चालनमा आएको मेची ग्यास उद्योग सञ्चालकले त्यहाँ युवाले उठाएका मागमाथि उचित सुनुवाइ गर्ने प्रतिवद्द्ता जनाएका छन् ।Screenshot_20260328_140109_Galleryयुवा अभियान नेपालले `उद्योगी, जनप्रतिनिधि र आमनागरिकसँगको सवाल-जवाफ´ बृहत कार्यक्रममा  सहभागिता जनाउँदै मेची ग्यासका सञ्चालक उद्योगीहरु महाबिर अग्रवाल र मार्स प्रसाईंले युवाको उचित मागलाई सुनुवाइ गर्ने प्रतिवद्दता जनाएका हुन् ।Screenshot_20260328_140241_Gallery

उद्योगबाट सिलिन्डरमा एलपि ग्यास भर्दा निस्किरहने ग्यासले त्यहाँको मानव, पशुपंछि र वातावरणमा पर्ने असरका बारेमा उद्योगीले आगामी २०८३ साल बैशाख महिनामा एलपि ग्यासको प्रभाव र असरका बारेमा जनचेतानामुलक कार्यक्रम गर्ने प्रतिवद्दता जनाएका थिए । Screenshot_20260328_140324_Gallery
उद्योगी प्रसाईंले उद्योगभित्र रहेको ग्यास स्टक बुलेट ट्याङ्की र उपभोक्तामाँझ पुग्ने सिलिन्डर, प्राविधिकको अवस्थाको बिषयमा जानकारी गराएका थिए । त्यसैगरी वातावरण प्रभाव मुल्यांकन प्रतिवेदनसहित केही समयअघि `आइएसओ´ मान्यता प्राप्त भएको बिषयमा समेत उद्योगी प्रसाईंले जानकारी गराएका थिए ।Screenshot_20260328_140257_Gallery

जनघनत्व नभएको अवस्थामा झन्डै ३ दशकअघि सञ्चालनमा आएको मेची ग्यास उद्योग आसपासमा हाल तीब्र रुपमा मानववस्ती बढेको भन्दै सहभागी युवाहरूले उद्योगको ठाउँ स्थान्तरणको माग गरेका थिए । Screenshot_20260328_140517_Gallery 1
उक्त बिषयमा उद्योगीले आफुले सञ्चालन गर्दै आएको उद्योग कानूनी र मापदण्ड सबै प्रक्रिया पुरा गरेको, मानव स्वास्थ्यमा गम्भीर असर नपर्ने बिषयमा वातावरण मुल्यांकन प्रभाव प्रतिवेदन सार्वजानिक गर्ने प्रतिबद्धता जनाएका थिए । आटा उद्योगको बारेमा बोल्दै उद्योगी महाबिर अग्रवालले युवाहरुले औंल्याएका कमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता जाहेर गरेका थिए ।Screenshot_20260328_140311_Gallery

कार्यक्रममा मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले उद्योगीले प्रभावित क्षेत्रका नागरिकलाई स्वास्थ्य बीमा, जनचेतना कार्यक्रम, सामाजिक सुरक्षा र उत्पादनलाई सहुलियतमा प्रदान गर्न जोड दिएका थिए । आफू स्थानीय वडाजनप्रतिनिधि भएको जनाउदै उनले आम युवाको नेतृत्वमा भएको कार्यक्रममा उठाइएका उचित मागप्रति जवाफदेही बन्दै आफ्नो उद्योग ब्यवसाय गर्न आग्रह गरेका थिए ।Screenshot_20260328_140611_Gallery
उनले जस्तोसुकै परिस्थितिमा पनि युवाहरुको जायज मागप्रति सधैं साथ दिने वडाध्यक्ष सुब्बाले प्रतिबद्धता जाहेर गरेका थिए ।

उनले प्रगति टोल र पाथीभरा टोलमा विभिन्न नाउँमा उद्योग स्थापना गर्दै हाल जीर्ण हुँदै खण्डहर बनेका पुर्वधारमा लागुऔषध दुर्ब्यशनीको अखडा बन्ने गरेकाले र त्यसको नियन्त्रणका लागि सम्बन्धित उद्योगीलाई वडा कार्यालयले पत्रचार गरेर सचेत गराउने जानकारी थिए । सो क्रममा लागुऔषध दुर्ब्यशनीकै बढेकै कारण समाजमा चोरी तथा लुटपाटका घटना बढेकाले आफुहरु पीडित बनेको सहभागीहरुले गुनासो राखेका थिए ।Screenshot_20260328_140945_Gallery
कार्यक्रममा सहभागीहरुले उद्योगीलाई राम्रो काम गर्न प्रेरित गर्न प्रकाश उप्रेतीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । जसमा प्रगति टोल र पाथीभरा टोलबाट २/२ जना सदस्य चयन गरेको हो । समितिको सदस्यमा पाथीभरा टोलबाट पशुपति भट्टराई (प्रवीण) र जैन राजबंशी तथा प्रगति टोलबाट जीवन प्रसाईं र नवीन गौतम रहेका छन् । Screenshot_20260328_140405_Gallery

कमल राजबंशी, रोहित मिश्र, खगेन्द्र लामिछाने, बिन्दा प्रसाईं, निरन गौतम, प्रेम कार्की, जीवन प्रसाईं, खड्गबहादुर श्रेष्ठ, मानबहादुर खड्का, देबेन्द्र उप्रेती, कुबेर लामिछानेलगायतले बिषय उठान गरेका थिए । पशुपति भट्टराईको सयोजकत्वमा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश उप्रेतीले गरेका थिए ।IMG_20260328_083153Screenshot_20260328_141315_Gallery