झापा । झापाको बिर्तामोडमा घरको ढोका फोडेर लाखौं मूल्य बराबरको धनमाल चोरी भएको छ । बिर्तामोड नगरपालिका–३ स्थित कञ्चनजंघा टोलमा सृजना शिवाकोटीको घरमा करिब २२ लाख रुपैयाँ बराबरको सुनका गरगहना र मोबाइल लुटेर फरार भएका हुन् । घरमा कोही नभएको मौका छोपेर छतको ढोकाभित्र छिरेका चोरले काठको दराजमा राखिएको ८ तोला सुन र एउटा सामसुङ मोबाइल चोरी गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीले शंकास्पद व्यक्तिहरूको पहिचान र खोजी कार्यलाई तीव्रता दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।