▀ डिल्लीराम उप्रेती (प्रकाश)
झापा । हरियो सालको घना जङ्गल, जङ्गलको बीचमा अवस्थित निलो अनि कञ्चन जमुना पोखरी । पोखरीको पानीमा पौडिरहेका रङ्गीचङ्गी अत्याधुनिक नाउँडुङ्गा, डुङ्गामाथि झोलुगें पुल । विच भागमा सेल्फी खिच्न पुगेका केटाकेटी, युवायुवतीहरु । खुसी र उमंग साट्दै पुगेका केटाकेटी युवायुवती हृदयमंङ्गको कोलाहल । झापाको कनकाई नगरपालिका वडा नम्बर १ र २ मा फैलिएको जामुनखाडी सामुदायिक वन तथा सिमसार पर्यटकीय क्षेत्रको मुख्य दृश्य हो यो । पूर्व–पश्चिम राजमार्ग (एशियन हाइवे) को जामुनखाडी चोकबाट करिब एक किलोमिटर उत्तरतर्फ लाग्ने बित्तिकै प्राकृतिक सौन्दर्य र जैविक विविधताको एउटा अनुपम संसार सुरु हुन्छ । 
स्थापनाकालदेखि नै अनेकन् आरोहअवरोह पार गर्दै आएको यो सिमसार क्षेत्र हाल पूर्वकै एक प्रमुख आन्तरिक तथा बाह्य पर्यटकीय केन्द्रको रूपमा स्थापित छ । पुर्वकै नमुनाको रुपमा रहेको पर्यटकीय क्षेत्रलाई देशकै एउटा नमुना र उत्कृष्ट पर्यावरण–पर्यटन केन्द्र बनाउनका लागि यसले अझै धेरै संरचनागत, वित्तीय र व्यवस्थापकीय चुनौतीहरू सामना गर्नुपर्ने देखिएको छ । कुनै समय झाँडी, दलदल र अवैध काठ तस्करीको चपेटामा परेको यो क्षेत्रलाई सिमसारसहितको स्वरूपमा ल्याउन स्थानीय उपभोक्ताहरूको परिश्रम र पसिनाकोे योगदान छ ।

वि.सं. २०५२ सालमा जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको स्थापना भएसँगै यस क्षेत्रको संरक्षणको कार्य विधिवत रूपमा सुरु भएको हो । ऐतिहासिक पृष्ठभूमि बोकेका गङ्गा र जमुना नामका दुई वटा प्राकृतिक पोखरी रहेपनि हाल एउटामात्रै पाँच हेक्टरमा पोखरी वा सिमसार क्षेत्र रहेको छ । वि.सं. २०५२ साल असोज २६ गते तत्कालीन जिल्ला वन कार्यालयमा जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह दर्ता गरेको भएको थियो । त्यसपछि २०६५ साल माघ १६ गते वनको साधारण सभामा अध्यक्ष पर्शुराम गिरीले सिमसार पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनालाई सर्वसम्मतले निर्णय गरेपछि सिमसार क्षेत्रको रुपमा विकास सुरु गरेको गरिएको थियो । jamunkhadi 5
२०४० सालदेखि वनभित्र उम्रिएको पानी स्थानीयले कृषकले बाध तथा पैनी बनाएर सिँचाइ गर्ने गर्थे । उक्त बाध बनाएको जमिन सिम वा दलदले भएकै कारण भत्किएर भूक्षय हुँदा किसान झण्झट र हैरानी बेहोर्दै आएका थिए । त्यसको उचित व्यवस्थापन गर्न वनसँग बजेट थिएन । केवल योजनामात्रै थियो । त्यहीँ योजनाअनुरुप स्थानीयबासीहरू आफैं कुटे–कोदाली बोकेर जमुना पोखरीको उत्खनन, झाँडी फँडानी र सरसफाइमा जुटेपछि सामुदायिक वनको आफ्नै आन्तरिक स्रोत र उपभोक्ताहरूको अनवरत श्रमदानबाट पोखरीलाई ठूलो र व्यवस्थित बनाएको इतिहास छ ।  
वनको कुल ४४३ हेक्टर क्षेत्रफलमध्ये २७ हेक्टर (करिब १४ विगाह) भू–भागलाई छुट्ट्याएर सिमसार र सानो चिडियाखानाको रूपमा विकास गरिएको थियो । वनको जमिनमध्ये सिम क्षेत्रलाई समेट्दै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्दै वनको आयश्रोत दर्विलो बनाएको थियो । हाल सिमसार वा तालमात्रै पाँच हेक्टर क्षेत्रमा फैलिएको  छ । हाल आन्तरिक तथा बाह्य पर्यटकको पहिलो नजर पर्ने र डुङ्गा यात्रासँगै खुसी साट्ने आधार बनेको छ । सुरुमा आफै निर्माण गरेको काठको डुङ्गा प्रयोग गरिँदै आएको थियो । पर्यटकको चाँप बढेसँगै पाइडलिङ डुङ्गा ल्याइएको थियो । पाडलिङ डुङ्गामा समयमा पर्यटक नफर्किने समस्याका कारण हाल मोटर डुङ्गा प्रयोग गरिँदै आएको छ । एकैसाथ ८÷१० यात्रा गर्न सकिने भएकाले उक्त मोटर डुङ्गा प्रयोग गर्दै आएको जामुनखाडी सामुदायिक वन तथा सिमसार पर्यटकीय क्षेत्रका सचिव दिपककुमार ओलीले जानकारी दिए ।janumkhadi 2
आर्थिक अभावका कारण सानो चिडिया घरको उचित व्यवस्थापन र पूर्वाधारमा विकास गर्न नसकिएको सचिव ओलीको भनाई छ । टिकटबाट एक समयमा वार्षिक दुई करोडमाथि आन्दानी गरेको सिमसार पर्यटकीय स्थलमा हाल बार्षिक ८०÷९० लाख बराबरको कारोबार हुँदै आएको समेत बताए । जसमा तीन जना कार्यालय कर्मचारी र १२ जना हेरालुलाई तलव सुविधा, २३ जातका बन्यजन्तुलाई खुराक तथा उपचारसहित बार्षिक योजनाअनुसार सिमसारको विकासमा खर्च गरिँदै आएको छ । घुमफिरमा मात्र सीमित नभई जैविक विविधता, रैथाने जीव र सिमसार पर्यावरणको अध्ययनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयका विद्यार्थीहरूको प्रमुख गन्तव्य बनेको छ ।

हाइवे–जामुनखाडी सिमसार ग्रीन करिडोरको सम्भावनाः
पर्यटकको गन्तव्य स्थल तथा आकर्षित गर्न एसियन हाइवेदेखि जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रसम्म ग्रीन करिडोरको रुपमा विकास गर्ने योजना अघि सारिने भएको छ । पूर्व–पश्चिम राजमार्ग (एशियन हाइवे) देखि जामुनखाडी सिमसार पुग्ने मुख्य चोकबाट करिब १ किलोमिटरको सडक खण्डलाई (ग्रीन एण्ड फ्लोरल करिडोर) का रूपमा विकास गर्दा पर्यटक आगमन बढ्ने र संस्थाको आम्दानी थप हुने प्रचुर सम्भावना छ । 
हाल प्रवेशद्धारदेखि दुईसय मिटरमा ब्लक सडक, पाँचसय मिटरमा कालोपत्रे निर्माण पूरा भएको छ भने तीनसय मिटरमा ब्लक विछ्याउने काम सुरु गरिएको छ । उक्त सडकलाई स्थानीय तह र वन समूहको समन्वयमा सडकको दुवै किनारामा आकर्षक गमलाहरू राख्ने र सिजनल तथा सदाबहार फूलहरू जस्तै बगमबेली, क्यामेलिया, धुपी र रङ्गीचङ्गी बुँगैनभिल्ला रोप्ने र उपयुक्त सरसफाईंको व्यवस्था गर्नसक्ने पर्यटकलाई बाटोमै मन्त्रमुग्ध पार्न सक्छ । त्यतिमात्रै होइन प्राकृतिक रुपमा सफा, सुन्दर तथा हराबरा भएको प्रचारप्रसारबाट देश तथा विदेशमा निर्माण चलचित्र छायाँङ्कन स्थालको रुपमा विकास गर्न सकिन्छ । k

सरसफाई, गमला र आकर्षक फुलको व्यवस्थापन, मालीको सुरक्षा गार्डको व्यवस्थापनलगायतमा खर्च हुने देखिन्छ । वनको आन्तरिक आम्दानीले उक्त व्यवस्थापन गर्न सकिने अवस्था छैन । जसका लागि कनकाई नगरपालिका, प्रदेश सरकार र संघीय सरकारले आफ्नो वार्षिक योजनामा समेट्न सके त्यस क्षेत्रकै सान, दाम र अन्तराष्ट्रिय क्षेत्रमा नाम कमाउन सकिने सम्भावना देखिन्छ । जामुनखाडी सामुदायिक वन तथा सिमसार पर्यटकीय क्षेत्रका अध्यक्ष पर्शुराम गिरीका अनुसार आन्तरिक रुपमा  भौतिक संरचना निर्माणपछि पर्यटकको आगमनमा उत्साहजनक सुधार आएको छ ।

नयाँ वर्ष, सरकारी विदाको दिनमा घुम्न र कार्तिक, मंसिर, पुस महिनामा वनभोज पुग्नेको संख्या बढ्ने गरेको छ । उक्त समयमा एकैदिन ५ हजारभन्दा बढी पर्यटक भित्रिने गरेका छन् । दैनिक सयौँको संख्यामा आन्तरिक, भारत र भूटानबाट पर्यटक पुग्ने गरेका छन् ।  भारतको पश्चिम बङ्गाल, बिहार र सिक्किम, आसामबाट पर्यटकहरू अवलोकन भ्रमणका लागि पुग्ने गरेका छन् । पर्यटकहरूका लागि मुख्यतया जमुना पोखरी र डुङ्गा सयर ४ विगाह क्षेत्रमा फैलिएको लाम्चो आकारको तालमा व्यावसायिक रूपमा मोटरबोट र प्याडल बोट (नाउँडुङ्गा) सञ्चालनमा छन् ।Untitled.jpge
गेटबाट १०० रुपैयाँको टिकट लिएर छिर्ने पर्यटक कहाँबाट दृष्य अवलोकन र खेल तमासाको मज्जा लिउँ भन्ने कौतुहल हुनुनै जामुनखाडी सिमसारको पहिचान हो । गेटबाट पस्दा दाहिँनेतर्फ पानीको फोहोरा छ । गर्मीले हस्याङ्फस्याङ हुँदै पुग्ने पर्यटकहरु पानीको फोहोरसँग सित्तल साट्ने र सेल्फी खिचेर खेल तमासामा पुग्ने गरेका छन् । (बाल उद्यान र पार्क) बालबालिकाहरूका लागि अत्याधुनिक पिङ्ग, चिप्लेटी, खेलौना, रोटे पिङ्ग, रेल र आकर्षक बाल उद्यान निर्माण गरिएको छ । अगाडि पर्वपट्टी झोलुङ्गे पुल, प्राकृतिक ट्रेल तालको माथि र जङ्गलका बीचमा बनाइएका जोडी अग्लाअग्ला जिराफसँग खिचिएको फोटो र भिडियो अधिकांश पर्यटकको फेसवुकके वालमा पोष्ट हुने गरेका छन् ।
पूर्वी सीमा क्षेत्र काँकरभिट्टाबाट करिव २७ किलोमिटर पश्चिम र दमकबाट करिव २४ किलोमिटर पूर्व एशियन हाइवेको उत्तरमा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र लेखिएको गेट छ । ठूला सवारी साधनबाट उत्रिएपछि  गेटअघि लामबद्ध रुपमा यात्रु कुरेर बसेका सिटी सफारी, ट्याम्पू र म्याजिकले गन्तव्यस्थलसम्म पुर्याउदै आएका छन् । पर्यटकीय सिजन (असोजदेखि फागुनसम्म) र सार्वजनिक बिदाका दिनहरूमा यहाँ चल्ने एउटा सिटी सफारी वा अटो चालकले दैनिक रु.१ हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म खुद आम्दानी गर्ने गरेका छन् । म्याजिक र ठूला बजारबाट रिजर्भ आउने गाडीहरूको कमाइ अझ राम्रो छ । जामुनखाडी सिमसारमा आगमन हुने पर्यटक नै करिब सयभन्दा बढी विपन्न तथा मध्यमवर्गीय परिवारको आयश्रोत बन्दै आएको छ ।

प्रचारप्रसार कमजोर छ-पर्यटन कार्यालयः 
जामुनखाडी सिमसार क्षेत्र पूर्वकै नमुना सिमसार क्षेत्र भएपनि हाल ओझेलमा परेको पर्यटन कार्यालय काँकरभिट्टाले जनाएको छ । यसलाई देशकै नमुना सिमसारको रुपमा विकास गर्न सरकारका तीन तह स्थानीय, प्रदेश र संघीय सरकारले पर्यटकीय गन्तव्यस्थलको रुपमा घोषणासहित विकास गर्नुपर्ने पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छाविलाल खतिवडाको भनाई छ । प्राकृतिक सौदर्यलाई जोगाएर राख्दै पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार गर्नुपर्दछ । उनका अनुसार उपयुक्त श्रोत साधनले भरिपूर्ण भएपनि कमजोर प्रचारप्रसारका कारण जामुनखाडी घुम्न रुची भएका पर्यटकले थाहा नपाउँदा आगमनमा कमी भएको हुनसक्छ । सिमसारमा डुंङ्गा अभाव भएको जानकारीको आधारमा पर्यटन कार्यालयले विद्युतीय डुंङ्गाका लागि १० लाख बजेट अनुदानमा राखेको समेत प्रमुख अतिवडाले जानकारी दिए । 
  
सम्मान तथा पुरस्कारहरुः
वि.सं. २०७२ सालमा वन संरक्षण र पर्या–पर्यटनको क्षेत्रमा देशकै भएको भन्दै गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय तृतीय पुरस्कारद्धारा सम्मानीत भएकोे थियो । त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट पनि पुरस्कृत भएको छ । राष्ट्रिय निकूञ्ज वन्यजन्तु उद्धार तथा आरक्षण केन्द्र बाट सम्मानित भएको छ । प्रकृति संरक्षण कोष (नाष्ट (ल्ब्क्त्), जिल्ला वन कार्यालय, जिल्ला वन महासंघ तथा विभिन्न संघसंस्थाले सिमसार क्षेत्र प्रगतिको उच्च मूल्याङ्कन गर्दै सम्मान तथा पुरस्कृत गर्दै आएका छन् ।baludham 1
 
जिल्लाकै (मिनी जु) जनावर आरक्षण केन्द्रः
जामुनखाडीको अर्को विषेशता वन्यजन्तु उद्धार तथा आरक्षण केन्द्र नै हो । स्थापनाकालदेखि नै जिल्लाका विभिन्न ठाउँमा घाइते, असहाय र असुरक्षित जङ्गली जनावरहरूलाई आश्रय दिँदै आएको छ । नेपाल सरकारले सामुदायिक वनमा चिडियाखाना राख्ने नीति परिमार्जन गर्नुअघि नै जामुनखाडीले वन्यजन्तु संरक्षणको नमुना प्रस्तुत गरेको थियो ।  बिगतदेखिनै (मिनि–जु) को पहिचान बनाउदै आएको छ । हाल २३ किसिमका बन्यजन्तु, पंक्षी एवम् घिस्रक प्राणी संरक्षणमा राखिएका छन् । चितुवा, गोही, गोहोरो, भालु, मयूर, स्याल, चित्तल, बाँदर, गिनीपिग, सेतो मुसा, खरायो, सालक, गिद्ध, हातखोडा, ढेडु, अजिंगर, १२ वटा मृग, हरिण, परेवा, टर्की, अष्ट्रिज, तित्रा, हुचील र इमो जस्ता वन्यजन्तु संरक्षण गर्दै आएको छ । mini joo 3

ती वन्यजन्तुलाई आहारासहित हेरचार गर्न तीन जना हेरालुको व्यवस्था गरिएको छ । पर्यटकहरूका लागि यहाँ राखिएका विश्वकै दुर्लभ मानिने विशाल अजिङ्गर, हिमाली कालो भालु, चितुवा, चरीबाघ, जरायो, चित्तल, मृग, दुम्सी, वनेल र बाँदरहरू मुख्य आकर्षण हुन् । त्यसैगरी पक्षीहरू तर्फ मयूर, दुर्लभ हुचील र गिद्धहरू संरक्षणमा राखिएका छन् ।mini joo corcodil गोही, चितुवालाई मंस आहार तथा अन्यलाई सामान्य आहारा, उपचार र कर्मचारीको व्यवस्थापनमा वार्षिक १५ देखि २० लाख खर्च हुँदै आएको अध्यक्ष गिरीले जानकारी दिए । यद्यपि, हाल जनावरहरू राख्ने खोरहरू पुराना र साँघुरा भएकाले तिनको मर्मत–सम्भार र वन्यजन्तु मैत्री वातावरण सुधार गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । 

आम्दानी र योगदानः
जामुनखाडी सिमसार क्षेत्रको मुख्य आम्दानीको आधार पर्यटकहरूबाट उठाइने प्रवेश शुल्क (टिकट), डुङ्गा सयरको शुल्क, वनभित्र गरिने वनभोज स्थलको भाडा र व्यावसायिक माछा पालन हो । कुनै समय यस सिमसारले वार्षिक २ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गर्ने गरेको ऐतिहासिक तथ्याङ्क छ । जसलाई पुनः प्राप्त गर्ने दिशामा हाल काम भइरहेको छ । शुल्क विवरण हाल यहाँ जनावर अवलोकन गर्न र सिमसार क्षेत्र घुम्न आउने पर्यटकसँग प्रतिव्यक्ति एक सय प्रवेश शुल्क लिने गरिएको छ । विद्यार्थीहरूका लागि छुटको व्यवस्था गरिएको छ भने बयोवृद्ध, अपाङ र फरक क्षमता भएकाहरुका लागि प्रवेश निःशुल्क छ ।Untitled.jpgk  
सिमसारबाट हुने आम्दानी सिधैं समुदायस्तरमा परिचालन गरिएको समितिले जनाएको छ । हाल सामुदायिक वनबाट प्रत्यक्ष रूपमा नौ सयबढी घरधुरी उपभोक्ताहरू लाभान्वित छन् । वनले स्थानीय बासिन्दालाई दाउरा, काठ र घाँसको आपूर्तिमा सहुलियत दिँदै आएको छ भने आम्दानीको निश्चित प्रतिशत रकम स्थानीय विद्यालय, खानेपानी, र सडक पूर्वाधारमा खर्च गर्दै आएको छ । उपभोक्ताको घरघरमा सोलार जडान, गोवर ग्यास निर्माण, बाटो मर्मत, खानेपानीमा सहुलियत र स्थानीय दुई वटा विद्यालयमा पूर्वाधार विकासमा सहयोग तथा छात्रवृद्धिमा सहयोग पुर्याउदै आएको अध्यक्ष गिरीले जानकारी दिए । 

कनकाई नगरपालिकाले वेवस्ता गरेको गुनासोः 
झापाको कनकाई नगरपालिकाले जामुनखाडी सामुदायिक वन तथा पर्यटकीय सिमसार क्षेत्रको विकास प्रर्वद्धनका लागि हाल बजेट नराखेको छैन । सिमसार क्षेत्र कनकाई नगरपालिकाको १ र २ नम्बरमा रहेको छ भने नगरपालिकाबाट करिव १ किलोमिटर दक्षिणमा नगरपालिकाको कार्यालय छ । सिमसार पूर्वको पहिलो तथा लोकप्रिय पर्यटकीय सिमसार क्षेत्र हो । उद्देश्य अनुसार नगरपालिकाले सिमसार क्षेत्रलाई नगरकै गौरवको आयोजनाका रूपमा लिइनुपर्ने सरोकारवालाको भनाई छ । दुई पटक नेतृत्वमा पुगेका कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोख्रेलले सिमसार क्षेत्रको विकास प्रर्वद्धनलाई वेवस्ता गरेको अध्यक्ष गिरीको गुनासो छ । 
२०७४ साल र २०७९ सालमा निर्वाचित नगरप्रमुख पोख्रेलले सिमसारको विकास प्रर्वद्धनमा सहयोग नगरेको गिरीको भनाई छ । स्थानीय तह कनकाई नगरपालिका नै पर्यटकीय क्षेत्रमाथि गरेको वेवस्ताले निरुत्साहित बनाएको समितिका पदाधिकारीहरुको भनाई छ । नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले सिमसारमा बालउद्यान निर्माण, सिमसार जाने जुके कल्र्भटदेखि उत्तरको बाटोको स्तरोन्नती गरेको बताए । आफू सामुदायिक वन महासंघको नेतृत्वमा रहेका बखत महासंघका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले सिमसारको उद्घाटन गरेर सुरवात गरेको नगरप्रमुख पोख्रेलले जानकारी दिए ।

पर्यटन प्रर्वद्धनका लागि बजेट अभाव भएकै कारण सिमसारको प्रर्वद्धनका लागि केही वर्षयता बजेट नराखेको छैन, उनले भने, ‘प्रदेश र संघीय सरकारलाई बजेट माग गर्ने विषयमा समन्वयात्मक सहयोग पुर्याउदै आएका छौं । हाल आर्थिक वर्ष २०८२÷०८३ मा कोशी प्रदेश सरकारले आठ लाख बजेटमा सानो पोखरीको सरसफाई तथा घेराबारा, रंगरोगन सुचारु गरिएको छ । उक्त पोखरीमा ‘पर्यटक–फिसिङ’ योजना अघि सारिएकोे छ । पर्यटकले बल्छी थापेर माछा मार्नेछन् र माछाको वजनपछि मूल्य तिरेर लाने वा खाने व्यवस्था गरिने जनाएको छ  । 

सुरक्षाको व्यवस्थाः
आन्तरिक तथा वाह्य पर्यटक आगमन हुने भएकाले जामुनखाडीभित्र र बाहिर सुरक्षाको व्यवस्था चुस्त बनाएको छ ।  वन हेरालु र निजी सुरक्षागार्ड खटाइएको छ । संवेदनशील क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको छ भने इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियमित गस्तीको व्यवस्थापन गरिएकाले सुरक्षाको अवस्था सन्तुलित र पारिवारिक भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित छ । jamunkhadi 3

सम्भावना र चुनौतीहरूः
जामुनखाडीलाई देशकै उत्कृष्ट नमुना सिमसारमा कार्यालयको अभाव छ । यहाँ आउने पर्यटकहरू ३–४ घण्टा मात्रै बिताउँछन् र रात बस्दैनन् । आसपासमा राम्रो रिसोर्ट वा पारिवारिक अतिथि घर नहुँदा पर्यटकलाई टिकाइ राख्न र उनीहरूबाट बढी आर्थिक लाभ लिन सकिएको छैन । सञ्चार र सूचना केन्द्रको कमीका कारण वन्यजन्तु र सिमसारको महत्व बुझाउने डकुमेन्ट्री हल वा सूचना केन्द्रको अभाव छ । युवा र वयस्कका लागि ट्रेकिङ ट्रेल र झोलुङ्गे पुल रोमाञ्चकस्थल भए पनि जेष्ठ नागरिक (बयोवृद्ध) र फरक क्षमता भएका व्यक्तिहरूका लागि व्हिलचेयर गुड्ने र्याम्प र सहज हिँडडुल गर्ने पूर्वाधारको अझै अभाव छ । 
बालबालिकाका लागि भने बाल उद्यानले गर्दा यो क्षेत्र निकै मैत्रीपूर्ण छ । तर आधुनिक डिजिटल (गेम जोन) वा एड्भेन्चर पार्कको अझै कमि छ । सिमसार क्षेत्रलाई शौदर्यकरण आर्थिक अभावले योजना अघि बढाउन सकेको छैन । पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण उपाय शौदर्यकरण हो । जसले गर्दा शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरूले पर्याप्त जानकारी पाउन सक्दैनन् । जामुनखाडीलाई उत्कृष्ट पर्यटकीय केन्द्र बनाउन रणनीतिक कदमहरू चाल्नु अनिवार्य देखिन्छ ।

पर्यावरणीय तथा दिगो विकासमा ध्यान सिमसारको जलाधारको संरक्षण गर्ने, जमुना पोखरीको हिलो नियमित सफा गर्ने र प्लास्टिकमुक्त क्षेत्र पूर्ण रूपमा लागु गर्ने, इको–रिसोर्ट र होमस्टे सञ्चालन वनको सिमाना बाहिर स्थानीय समुदायसँग मिलेर थारु वा आदिवासी संस्कृति झल्कने होमस्टे वा वातावरणमैत्री रिसोर्ट खोल्ने, जसले गर्दा पर्यटकहरू रात बिताउन सकून् र आम्दानी दोब्बर होस् । आधुनिक मनोरञ्जनका साधन थप गर्दै वन र पर्यावरणलाई असर नपर्ने गरी जङ्गल सफारी ई–सवारी साधनबाट यातायात गर्न प्रोत्साहन गर्नुपर्ने देखिएको छ ।

जिपलाइन जस्ता साहसिक खेल थप्न सके अझ आन्तरिक तथा बाह्य पर्यटकको मन खिच्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारीकरण भारतको सिलिगुढी, दार्जिलिङ, बिहार, भूटान र बङ्गलादेशका पर्यटकलाई आकर्षित गर्न नेपाल पर्यटन बोर्ड र कुटनीतिक नियोगहरूसँग मिलेर सीमावर्ती क्षेत्रमा व्यापक प्रचारप्रसार र टूर प्याकेज निर्माण गर्ने हो भने जामुनखाडी वास्तवमै नेपालकै पहिलो रोजाइको पर्यावरण पर्यटन केन्द्र बन्ने निश्चित छ ।