मेचीनगर । उद्योग सञ्चालन र होटल निर्माणमा कानूनी तथा ब्यवहारिक प्रक्रिया पूरा गर्न माग राख्दै युवा अभियान नेपालले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
युवा अभियान नेपाल मेचीनगरका संयोजक पशुपति भट्टराई (प्रबिण) को नेतृत्वमा पुगेको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा टोलमा सञ्चालित मेची ग्यास उद्योग प्रालि र निर्माणाधीन अवस्थाको रोयल रिक्रिएशन होटलले कानूनी र ब्यवहारिक पक्ष पूरा नगरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा टोलमा सञ्चालित मेची ग्यास उद्योग प्रालि र निर्माणाधीन अवस्थाको रोयल रिक्रिएशन होटलले कानूनी र ब्यवहारिक पक्ष पूरा नगरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।त्यसरी कानूनी प्रक्रिया र वातावरण प्रभाव मूल्याकंन प्रतिवेदनसमेत अस्पष्ट भएको उल्लेख छ । मेची ग्यास उद्योगले उद्योग ब्यवस्थापन नगरेको, दक्ष र योग्य प्राबिधिक नराखी सञ्चालनमा आउँदा स्थानीयबासी घातक क्यान्सर र नशाको जटिल रोग लागेको उल्लेख छ ।
प्रगति टोलमा एकजना र पाथीभरा टोलमा २ जना महिला क्यान्सर पीडित रहेका छन् भने ४ जना पुरुषमा नशाको जटिल समस्या देखिएको युवा अभियान नेपालका संयोजक पशुपति भट्टराईद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
होटल सञ्चालकले पाँचतारे होटलको वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन (आइई) मा वातावरणअनुकूल नभएको उल्लेख छ । त्यस्तै हडिया खोला अतिक्रम गरे-नगरेको पुस्ठ्याई गर्नुपर्ने, अतिक्रम गरिएको सार्वजनिक बाटोलाई निकास दिनुपर्ने माग अघि सारेको उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयलाई बुझाएको ध्यानाकर्षण पत्र जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी चारआली, मेचीनगर नगरपालिका इटाभट्टा, मेचीनगर-१४ को कार्यालय, मेची ग्यास र आटा उद्योग तथा रोयल रिक्रिएसन होटललाई बोदार्थ पत्र बुझाएको छ ।