काँकरभिट्टा । बलात्कारपछि ‘हत्या´ मा संलग्नलाई कार्वाहीको माग गर्दै झापाको काँँकरभिट्टामा सडक प्रदर्शन गरिएको छ । केहीदिन अघि सुर्खेत वीरेन्द्रनगर-१ की १६ वर्षीया इनिशा विकलाई बलत्कारपछि हत्या भएको थियोे । उक्त घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै मेचीनगरका विभिन्न संघसंस्थाले सोमबार प्रदर्शन गरेका हुन् ।
मेचीनगर-१० स्थित प्रगतिशील युवा क्लबले विभिन्न संघ संस्थाहरुको सहभागितामा मेचीनगर-६ काँकरभिट्टामा खबरदारी सभा गरिएको हो । त्यस्तै इनिशा बिकको बलात्कार दाेषीलाई कार्वाहीकाे माग गर्दै दमक बहुमुखी क्याम्पसका बिद्यार्थीले दमकमा निकालेकाे जुलुस निकाले छन् ।
सहभागीहरुले ‘इनिशालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर, जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ, सुरक्षित सडक सुरक्षित समाज, बलात्कार विरुद्ध कडा कानून र कडा कार्यान्वयन, नारीको सम्मान हाम्रो पहिचान’ लगायतका नारा लेखिएको प्लेटकार्डसहित प्रदर्शन गरेका थिए ।संघसंस्थाका प्रतिनिधिहरुले व्यानरसहित मौन र्याली शुरु गरी काँकरभिट्टा बजार परिक्रमा गरेका थिए । बजार परिक्रमापछि इलाका प्रहरी कार्यालय कोणसभा गरेका थिए ।



















































