झापा । रातोपाटीका संवाददाता अर्जुन आचार्यमाथि एमाले कार्यकर्ताले गरेको आक्रमणप्रति प्रेस सेन्टर नेपालले भत्सर्ना गरेको छ । कमल गाउँपालिका–२ स्थित जीवन चोकमा भिडियो खिच्ने क्रममा आचार्यलाई कुटपिट गर्दै मोबाइल खोसेकोप्रती घटनाको बिरोधमा आपती जनाएको हो। सेन्टरले आज प्रेस बिज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई पक्राउ गरी कार्वाही गर्न प्रशासन समक्ष माग समेत गरेको छ ।received_1435119851445742

एमाले अध्यक्ष तथा झापा-५ का उम्मेद्वार केपी ओलीको घरदैलोका क्रममा भिडियो खिच्दा आचार्यमाथि आक्रमण भएको हो। आक्रामणबाट एमालेको नेशनल भोलेन्टियर्स फोर्सको टोपी लगाएका कार्यकर्ताले आक्रमण गरेको पत्रकार आचार्यले जानकारी दिए ।

‘घरदैलोका क्रममा एमाले कार्यकर्ताहरुले भोट केमा भन्दै नारा लगाए । कमलका केही महिलाहरुले बाहिरबाट घण्टीमा भन्दै थिए। एमाले कार्यकर्ताले अश्लील शब्दले ती महिलालाई गाली गरे। त्यहाँ वादविवाद भयो,’ उनले भने, ‘त्यसक्रममा भिडियो खिच्दा मोबाइल खोसेर मलाई आक्रमण गरे।’

मोबाइल खोज्दै आचार्यलाई गाडी पछाडि लगेर एमाले कार्यकर्ताले कुटपिट गरेका थिए। एमाले कार्यकर्ताको आक्रमण गर्दा आचार्यको चस्मा फुटेको छ। उनीहरुको आक्रमणबाट शरीरका विभिन्न भागमा दुखाई भइरहेको आचार्यले बताए। आचार्यको शरीरमा निलडामसँगै घाउसमेत देखिएको छ । उनीहरुलाई एमाले कार्यकर्ताले ‘दमकमा देखाइदिने’ धम्की दिएपछि रातोपाटी टिम विराटनगर फर्किएको छ। आचार्यको खोसिएको मोबाइलसमेत फिर्ता दिएका छैनन्।

घटनाबारे प्रहरीलाई जानकारी गराएको पत्रकार आचार्यले जानकारी दिए। विराटनगर बसेर पत्रकारिता गर्दै आएका आचार्य रातोपाटीमा आबद्ध छन्। इलेक्सन इपिसेन्टर मानिएको झापामा आचार्यसहित रातोपाटी टिम बिहीबार रिर्पोटिङका लागि पुगेको थियो। जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले घटनाबारे जानकारी पाएको बताइन् ।