झापा । प्रतिनिधि सभा निर्वाचनको संघारमा विभिन्न राजनीतिक दलले आचारसंहिता उल्लड्घन गरेको पाइएमा कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको । आचारसंहिता पालना नगरी गतिविधि गरेको पाइएमा सम्बन्धीत उम्मेद्वार तथा दललाई कारवाही गर्ने
निर्वाचन आचारसंहिता २०८२ बमोजिम फागुन ४ गते अघि कुनैपनि उम्मेद्वार, राजनीतिक दल वा तिनका भातृ संगठनले उम्मेद्वारको पक्ष र विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख भएपनि उक्त नियमलाई उल्लड्घन गरेको जनाएको छ । झाउा क्षेत्र नम्बर १ को पुँहातुबारी, बाहुँनडाँगी, दमक, दुहागढी लगायतका ठाउँमा उम्मेद्वारको फोटोसहितको प्लेक्स प्रिन्ट बोर्ड राखेको र घरदैलो अभियान समेत गरेको कार्यालयले जनाएको छ । निर्वाचनलाई स्वतन्त्र निश्पक्ष, स्वच्छ, पारदर्शी मितव्ययी र भयमुक्त बनाउन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्न समेत आग्रह गरेको छ ।



















































