चारआलीचारआली साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७ औं वार्षिक परिषद सभा सम्पन्न भएको छ । मेचीनगर-१२ स्थित संस्थाको सभाहलमा सम्पन्न परिषद सभाले आगामी कार्यक्रमका खाका तथा योजना पारित गरेको छ ।IMG_20251016_142128
कार्यक्रममा खानेपानी संस्थाका सल्लाहकार ओमनाथ भण्डारी, प्राबिधिक रमेश यादव, बुधबारे खानेपानीका अध्यक्ष ध्रुव ओली लगायतले सम्बोधन गरेका थिए ।Screenshot_2025-10-16-19-41-23-391_com.frontrow.vlog-edit
कार्यक्रममा डम्बरप्रसाद ओझालाई नगदसहित दीर्घ सेवा सम्मान गरिएको छ । त्यसैगरी बिनोद घिमिरे र रोशन रिजाललाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्रद्वारा कर्मचारी प्रोत्साहन गरिएको थियो ।IMG_20251016_141001
त्यस्तै एक वर्षमा सबैभदा धेरै ४६ हजार रुपैयाँ  र १८२ जनामध्येबाट सबैभन्दा कम समय अगावै महसुल तिर्ने पाँच जना उपभोक्तालाई सम्मान गरिएको थियो ।IMG_20251016_121015
कार्यक्रममा पूर्व अध्यक्ष सरद शिवाकोटी, मेचीनगर-१२ का अध्यक्ष मधुसुधन निरौला, ११ का वडा अध्यक्ष रूद्र डाँगी, धुलाबारी खानेपानी संस्थाका सचिव उमेश सुवेदीलगायतको आतिथ्यता रहेको थियो । IMG_20251016_122236संस्थका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरी रहेका थिए ।IMG_20251016_120904 खानेपानी संस्थाका कोषाध्यक्ष साउन मेचेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको स्वागत उपाध्यक्ष मैया कार्कीले तथा सञ्चालन सचिव प्रेमराज घिमिरले गरेका थिए ।