झापा । अनेरास्ववियुको २४ औं महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा लक्ष्मी न्यौपानेले दाबी गरेका छन् । न्यौपानेले कोशी प्रदेशबाट भूगोलको तर्फबाट उम्मेद्वारी दिँदै केन्द्रीय सदस्य पदमा आफ्नो दाबी रहेको बताए । विद्यालय तहदेखि क्याम्पस र जिल्लाको विद्यार्थी संगठनको नेतृत्व सम्हालिसहेका न्यौपानेले यो पटक केन्द्रिय सदस्य पदमा रहेर विद्यार्थीको हकहितमा पहरेदारीको रुपमा काम गर्ने मौका दिन विद्यार्थीलाई आग्रहसमेत गरेका छन् ।
बिस २०६८ मा पुहाँतु माविबाट विद्यार्थी राजनीति सुरुवात गरेका न्यौपानेले बिस २०७० मा मेचीनगर-१३ स्थित सहिद दशरथ चन्द उच्च माबीमा एक कार्यकाल अनेरास्ववियुको अध्यक्ष पहको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै २०७२ मा त्रिदेव बहुमुखी क्याम्पसमा कोषाध्यक्ष हुँदै बिस. २०७३ मा क्याम्पस अनेरास्ववियुको अध्यक्ष तथा स्ववियु सभापति हुँदै त्यही वर्ष क्षेत्रीय कमिटीको अध्यक्षको कार्यभार पनि सफलता पुर्वक सम्हालेका थिए ।
विद्यार्थीकाे अध्ययन जीवनसँगै राजनीतिमा नेतृत्वदायी लामो संघर्ष गर्दै आएका सदस्य पदका उम्मेद्वार न्यौपानेले बिस २०७४ सालमा जिल्ला सचिवालय सदस्य र हाल कोशी प्रदेश कमिटीका सह-सचिवको भूमिकाबाट संघठनलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।न्यौपानेको संयोजकत्वमा बनेको प्रचार एबम् समन्वयमा गत वर्षको त्रिदेव बहुमुखी क्याम्पसमा अनेरास्ववियुलाई चुनाव जिताउन सफल भएका थिए । मेचीनगर -१३ चारआलीमा जन्मेहुर्केका न्यौपानेले विद्यार्थी अधिकार, संगठन सुदृढीकरण र नीतिगत पक्षमा थप प्रभावकारी बनाउन केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएर लोकतान्त्रिक प्रक्रियाको मैदानमा उत्रेको बताए । आफ्नो योगदान, समर्पण र संघर्षकै कारण केन्द्रिय सदस्य पदमा आफ्नो जीत पक्का हुने न्यौपानेको बिश्वास छ।