बुढानीलकण्ठ । एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षितको गरेर बुढानीलकण्ठ नगरपालिका वडा नम्बर-११ ले ब्रिज कोर्स कक्षा सुरु गरेको छ । आज ग्राम शिक्षा माविको सभाहलमा आयोजित औपचारिक समारोहमा वडाध्यक्ष राजु अधिकारीले उद्घाटन गरेपछि कक्षा सुरु भएको हो । 

कार्यक्रममा वडाध्यक्ष राजु अधिकारीले वडाको लगानीमा आगामी बर्षदेखि ब्रिज कोर्ष कार्यक्रमलाई अझ व्याबहारिक र प्रभावकारी ढंगले संचालन गरिने बताए । उनले वडाबासी सबै सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८१ सालको एसईइ परीक्षा दिएर बसेका विद्यार्थीले कक्षा सञ्चालन गरिएको वडाध्यक्ष  अधिकारीको भनाई थियो  ।

कार्यक्रममा वडा सदस्य शर्मिला गौतम, ग्राम शिक्षा माविका प्रअ रुद्र कोइराला, प्रशिक्षक अनिता कोइराला लगायतले शिक्षा क्षेत्रमा वडाले गरेको लगानी विद्यार्थीका लागि अनुकरणीय भएको बताएका थिए ।

वडाभित्रका बुढानीलकण्ठ नगरपालिका वडा नम्बर-११ मा रहेको ग्राम शिक्षा माविको सभाहलमा बिहान ७ बजेदेखि ९ बजेसम्म नियमित रुपमा १५ दिनसम्म संचालन गरिने जनाएको छ ।

वडाभित्र बसोबास गर्ने एसईई दिएर बसेका कक्षा ११ मा जुनसुकै विषय पढ्न इच्छुक बिधार्थीहरुले सहभागी हुनसक्ने बताइएको छ।