झापा । अग्रज पत्रकार एबम् आमसञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले पत्रकारको लेखन र क्षमता विकासका लागि `एआई´ प्राविधिको प्रयोग आवश्यक हुने बताएका छन् ।
प्रेस क्लब मेचीनगरको आयोजना र मेचीनगरको आर्थिक सहयोगमा आयोजित तालिममा उनले उन्नत, गुणस्तरीय पत्रकारिता गर्नका लागि बड्दो प्राविधिको प्रयोग आवश्यक भएको बनेको बताएका हुन् ।शुक्रबारदेखि सुरु भएको `एआई´ सम्बन्धी तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।तालिममा विज्ञ आचार्यले पत्रकारितामा `एआई´को प्रयोग कसरी गर्ने, यसका मापदण्ड, आचारसंहिता, एडभान्स टेक्नोलोजीको प्रयोगका बिषयमा सहजीकरण गरेका थिए ।
तालिममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, पूर्व अध्यक्ष मुक्ति पौडेल, निवर्तमान अध्यक्ष डम्बर बराल, मेचीनगर संचार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाइ, मेचीनगर नगरपालिकाका प्रेस संयोजक अर्जुन कार्की, प्रेस सेन्टर कोशीका कोषाध्यक्ष झुलन रेग्मी, प्रेस चौतारी झापाका सचिव युवराज आचार्यको सहभागिता रहेको थियो ।
प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेती, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य दिलिप थापा, पत्रकार राजेन्द्र गौतम, हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम विमली, एमइटी पब्लिक स्कुलका प्रिन्सिपल सुवर्ण भट्टराई, झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भेट्वाल, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल लगायत ५० जनाको सहभागिता रहेको थियो ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।





















































