नेपालगन्ज । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालय, तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् ।
नेपालगञ्जबाट काठमाडौं जाने क्रममा विमानस्थलमा सुरक्षा जाँचका क्रममा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सापकोटा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले अन्नपूर्णलाई जानकारी दिए ।
उनका अनुसार सुरक्षा जाँचका क्रममा ठूलोमात्रामा नगद फेलापछि नियन्त्रणमा लिइएको हो। डाँगीले भने, 'सुरक्षा जाँचका क्रममा उनको साथमा ठूलो मात्रामा नगद फेला परेपछि सापकोटालाई नियन्त्रणमा लिएका हौं । घटनाबारे अनुसन्धान भइरहेको छ।'





















































