धुलाबारी । झापाकाे मेचीनगर-१०, धुलाबारी बसस्ट्यान्डबाट १३ वटा आइफोन मोबाइलसहित एक जना भारतीय नागरिकलाई  प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भन्सार छली इटहरी लैजानेक्रममा भारतपश्चिम बंगाल निवासी अन्दाजी ६५ वर्षीय नुर आलमलाई मोबाइलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  प्रहरीले ५ लाख ४० हजार मूल्य बराबरको १३ वटा आइफोन मोबाइल रहेको  जनाएको छ ।
पक्राउ परेका व्यक्ति र बरामद मोबाइल सेटसहित मेची भन्सार कार्यालयमा बुझाएको छ ।