झापाशिक्षा ऐन जारीको माग गर्दै नेपाल शिक्षक महासंघको आन्दोलन आज पनि निरन्तरता दिएको छ ।  काठमाडौ केन्द्रीत आन्दोलन गरेको १८ दिन बित्यो । उनिहरुले खान-बस्नको प्रवाह नगरी शिक्षा ऐन जारी गरेर मात्रै गन्तब्यमा फर्किने निर्णय लिएका छन् । उनीहरु माइतीघरबाट बबरमहल-नयाँबानेश्वर सडक पुगेर प्रदर्शन गरिरहेका छन् । अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् ।
उनीहरुले १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । राप्रपाले पनि बिहान ११ बजेदेखि बिजुली बजार क्षेत्रमै भेला हुने भनेकाले शिक्षकहरुले आज प्रदर्शन छोट्याएका छन् ।
शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् ।