झापा । झापा बाह्रदशी-६ कि मनिषा राजबंशी सानै उमेरदेखि कलाकी पारखी थिइन् । उनिमा सौदर्यता क्षेत्रमा सानै उमेरदेखि नै रुचि थियो । अभिभावकले पनि छोरीको रुचिलाई साथ दिँदै आएका थिए । अहिले आफ्नो रुचिको क्षेत्रमा मनिषाले सफलता हासिल गरेपछी परिवार, सिङ्गो समाजमै खुसियाली छाएको छ । मनिषाले थाइल्यान्डमा भएको `हेरिटेज पेटाइट मिस युनिभर्स २०२४’ मा विभिन्न देशबाट सहभागी प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्टको ताज पहिरिन सफल बनेकी छन् ।FB_IMG_1734952614591
प्रेस क्लब मेचीनगरमा सोमबार आयोजित पत्रकार भेटमा ताज पहिरिन सफलता मनिषाले आफ्नो सहास र योग्यताका कारण प्रतियोगिताबाट उत्कृष्ट बनेको बताइन् । आफ्नो अनुभुती सुनाउँदै उनले आफ्नो समुदायबाट विश्वमा नाम राख्न सफल हुँदा गौरव महसुस भएको बताइन् ।
बिजनेश सोसोलोजीमा अध्ययनरत मनिषाले केही समय पत्रकारिता पनि गरेकी थिइन् । झापाको मेचीनगरबाट प्रकाशित लोकप्रिय लोकतन्त्र दैनिक पत्रिकाको समाचारदाताको रुपमा ६महिनासम्म काम गरेकी थिइन् ।IMG_20241223_170622
आफ्नो समुदायबाट उत्कृष्ट बनेर आएपनी नेपाल सरकार, स्थानीय तह तथा संघ-संस्थाले खासै चासो नदिएको मनिषाको भनाई थियो । सामान्य रुपमा फोनबाट बधाई र कार्यक्रममा बोलाएर प्रदेश सरकारले सान्त्वना दिएपनी स्थानीय तहले चासो नदिएको उनको भनाई थियो ।
परिवारकी जेठो सन्तानको रुपमा रहेकी मनिषाको मोडलिङ र बौद्धिक क्षमता प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्ने राजबंशी समुदायको पहिलो प्रतिभाशाली व्यक्ति बनेपछि गौरव लागेको उनकी आमा उर्मिलाले बताइन् ।IMG_20241223_171938
छोरीको मेहनतलाई मैले नै साथ दिएर ताज पहिरिन सफलतामा पुगेको हो, उर्मिलाले भनिन्,`राजबंशी समुदाय र महिलाको प्रतिनिधित्व गरेर छोरीले दिएको प्रस्तुतिपछिको सफलताबाट औँधी खुसी छाएको छ ।´पहिले-पहिले यस्तो चलन थिएन, उनले भनिन्,`तर, अहिले विश्वभरीका महिलाको शौदर्यसहित क्षमतालाई छनोटमा परिवारकै मेहनत र हात छ ।´ पत्रकार भेटमा सहभागी मनिषाकी हजुरआमा बिनु राजबंशीले पनि नातिनीको सफलतामा परिवार र सिङ्गो समुदायमै खुसी छाएको बताइन् ।IMG_20241223_172059
काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिको आयोजना तथा प्रेस क्लब मेचीनगरको समन्वयमा आयोजित भेटघाट डम्बर बरालको अध्यक्षता र  संचालन अग्रज पत्रकार अम्बिका भण्डारीले गरेकी थिइन् ।