झापा । झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले हेल्मेट प्रहारबाट एक जना स्थानीय व्यापारीलाई घाइते भएका छन् ।
हेल्मेट प्रहारबाट झापा गाउँपालिका-४ भामटोलीका ५० वर्षीय हबि बुल्लाहको नाक र मुखमा चोट लागेर गम्भीर घाइते भएका छन् ।
उनको नाकको डाँडी र मुख फुटेर रगताम्य भएका उनको र बिर्तासिटी अस्पतालमा उपचारको क्रममा रहेका छन् ।
आइतबार दिउँसो पन्थापाडा र सुकुमबासी बस्तीमा सशस्त्र प्रहरी जवानले कपडाको बिल मागेपछि धकेल्दै झापा-४ का वडा अध्यक्ष मोहमद ताहिरकै अगाडि हबि बुल्लाहलाई हेल्मेट प्रहार गरेका हुन् ।
वडा अध्यक्ष ताहिरका अनुसार हबि बुल्लाहका भाइ विदेश जाने भएपछि आफ्नो कपडा पसल स्थानीय व्यापारी निर्मल मर्डीलाई बिक्री गरेका थिए । मर्डीको बिक्री भएको पसलमा रहेको कपडासहित मोटरसाइलमा रहेका बेला सशस्त्र प्रहरीले रोकेर सोधपुछ गरेका थिए ।
मर्डीले कपडाका बारेमा विस्तृत बताए पनि प्रहरीले बील मागेपछि वडा अध्यक्ष ताहिर र हबि बुल्लाहलाई बोलाएका थिए । हबिबुल्लाहले कपडाको बील देखाए पनि प्रहरीले मानेनन् ।
त्यही बेला सशस्त्र प्रहरी जवानले हबि बुल्लाहलाई धकेल्दै हेल्मेट प्रहार गरेका थिए ।