मेचीनगर । झापा मेचीनगर-१४ निवासी १४ वर्षीय बालक प्रनित (कुमार) शिवाकोटी हराएपछी खोजीदिन अभिभावकद्वय बुवाआमा गोपाल-सीता शिवाकोटीले आग्रह गरेका छन् ।
हिजो चैत २२ गते प्रनित (कुमार) ले `मलाई नखोजिदिनु, म छोरा हुन लायक भइन, म हराए भनेर नरुनु´ भनी चिठी छोडेर बेपत्ता भएकाले अभिभावकले खोजिदिन आग्रह गरेका हुन् ।
उनले चिट्ठी लेखेर घरको किचन कोठामा पाएपछि हजुरबुवा टंकप्रसाद शिवाकोटीले प्रहरी चौकी चारआलीमा खोजीदिन निवेदन गरेका थिए ।
प्रनिक संस्कृतका विद्यार्थी हुन् । भारतको करसङमा कक्षा ४ सम्म अंग्रेजी माध्यमसम्म पढेपछि संस्कृत बिद्याप्रती रुचि भएकै कारण अभिभावकले ४ वर्षयता नेपालमा संस्कृत विद्यालयबाट पठनपाठन गराउँदै आएका थिए ।
आमा सीता हाटबजारमा सब्जी पसल गरेर गुजारा चलाउने आधारमा बनाउँदै छिन् भने बुवा गोपाल छोराको शिक्षा र पालनपोषणका लागि स्थानीय मख्खन चामल मिलमा मजदुरी गर्दै आएका छन् । परिवारको एकलो छोरा भएकै कारण आगामी शैक्षिकशत्रदेखि घरबाटै विद्यालय पठाउने योजना बनाएका थिए यी दाम्पतीले । तर, अचानक छोरोले चिठ्ठी लेखेर बेपत्ता भएपछि दम्पतीको योजनानै संकटमा पर्यो । प्रनित हराएको बारेमा आफन्त-छिमेकी र उसका साथीभाई सबैलाई सोधपुछ गरिसकेको तर, हालसम्म फेला नपरेको बुवा कुमारको भनाई छ ।