प्रकाश उप्रेती
मेचीनगर । शारीरिक र भौतिक रुपमा अपाङ्ग भएका ब्यक्तिलाई कृतिम अङ्गसहित औंषधि उपचार नि:शुल्क गर्ने उद्देश्यले सद्गुरु मानव सेवा फाउण्डेसनले देशब्यापी धार्मिक अभियान सुरु गरेको छ।
फाउण्डेसनले हात-खुट्टा नभएका, अपाङ्गलाई कृतिम अङ्ग तथा सुस्त मनोस्थिती, दृष्टिबिहिन, कान नसुन्ने, बोल्न नसक्ने तथा फरक क्षमता भएका मानिसलाई औंषधी उपचार गर्न झापाको काँकरभिट्टाबाट धार्मिक अनुष्ठान अभियान सुरु गरेको हो ।
फाउण्डेसन र स्थानीय धार्मिक मठ-मन्दिरको ब्यवस्थापन समितिको संयुक्त आयोजनामा सप्ताह पुराण तथा अनुष्ठान लगाउँदै आएको छ । पहिलो कार्यक्रम अनुसार झापाको मेचीनगर-६ शान्ति रमाइलो गाउँको श्री शिव पतालगंगा मन्दिरमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी गरेको शनिबार पत्रकारसमक्ष फाउन्डेसनका संस्थापक एबम् प्रमुख कथा वाचक पण्डित मुकुन्द नेपालले जानकारी दिए ।
२०४५ सालमा स्थापना भएको ऐतिहासिक धार्मिक महत्त्व बोकेको श्री शिव पतालगंगा मन्दिर ब्यवस्थापनका लागि अनिष्ठानको आयोजना गरिएको मन्दिरका अध्यक्ष प्रेमरत्न चुडालले जानकारी दिए ।
पौराणिक, धार्मिक एबम् ऐतिहासिक क्षेत्रको पुर्वाधार निर्माणमा आर्थिक जुट्न नसक्दा समस्या हुँदै आएको मन्दिरको चौतर्फी बिकास गर्न अनुष्ठानले सघाउँ पुर्याउने स्थानीय राजु कार्कीले बताए । काँकरभिट्टाबासी कै लागि पहिचान झल्काउँने धार्मिक एबम् ऐतिहासिक स्थलको रुपमा बिकास गर्नेसमेत शंकर भट्टराईले जानकारी दिए ।
उनका अनुसार मन्दिरको पुर्वाधार बिकाससँगै नवग्रह स्थापना गर्ने र २२ वटा धारा निर्माण गर्ने योजना रहेको छ । आइतबारबाट सुरु गरिने महापुराणको शोभा यात्रा गर्दा मेची खोलाबाट जल ल्याउने तयारी गरेको छ ।
स्थानीयले मठ-मन्दिरमा अनुष्ठान लगाउँदा आउँने खर्चको ब्यवस्थापन फाउन्डेसनले आफैले गरेको छ । एउटा सप्ताह अनुष्ठान लगाउन ४ देखि ५ लाख लाग्ने अनुमान गरेको उक्त अवसरमा जानकारी गराएको छ ।
देशब्यापी धार्मिक अभियान
जन्मदैं शारीरिक रुपमा अपाङ्ग भएका, हातखुट्टा नचलेर घरमा कुज्जिएर बसेका मात्रै होइन, सुस्त मनोस्थिती, दृष्टिबिहिन, कान नसुन्ने, बोल्न नसक्ने तथा अन्य फरक क्षमता भएका मानिसलाई औंषधी उपचारसहित नि:शुल्क कृतिम अङ्ग प्रदान गर्ने अभियानको मुल उद्देश्य रहेको छ ।
अपाङ्गता भएका मानिसको दिनचर्यालाई सहज बनाउन डेढदशक यता सहजीकरण गर्दै आएको फाउन्डेसनले बिधिवत रुपमा संस्था दर्ता गरेपछि देशब्यापी रुपमा धार्मिक अनुष्ठान अभियान सुरु गरेको हो । अक्षकोष स्थापना गरी त्यसको ब्याजले नि:शुल्क उपचारसहित कृतिम अङ्ग प्रदान गर्ने योजना अघि सरेको हो ।
फाउन्डेसनका संस्थापक अध्यक्ष पण्डित नेपालले भने, `धार्मिक क्षेत्रबाट समाजमा मानवीय सेवा प्रदान गर्ने मुख्य उद्देश्य हो । धर्म-संस्कारबाट पनि समाजमा अप्ठ्यारो परेका शारीरिक रूपमा अशक्त, अपाङ्ग बनेकालाई उनीहरुको दिनचर्यालाई सहज बनाउन देशब्यापी धार्मिक अभियान चलाएका हौ ।´
उक्त धार्मिक अभियान अन्तर्गत श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ संचालन आयोजना गर्न आफ्नै संस्था फाउन्डेसनले लागत खर्चको ब्यवस्थापन गर्ने पुराण सम्पन्न भएपछि श्रद्वलु दाताबाट प्राप्त सहयोग रकमलाई मन्दिरको ब्यवस्थापन र अक्षयकोषमा राख्ने फाउन्डेसनका सदस्य अपाङ्गका अभियानता सचिन निरौलाले जानकारी दिए ।
कृतिम अङ्ग उत्पादन केन्द्र स्थापना गर्ने
देशभरीका शारीरिक-भौतिक रुपमा अपाङ्ग भएकालाई सहज बनाउने उद्देश्यले झापाको मेचीनगरमा कृतिम अङ्ग उत्पादन केन्द्र स्थापना गर्ने अवधारणा अघि सारेको छ ।
नेपालमा अपाङ्गका लागि आवश्यक कृतिम अङ्ग उत्पादन गर्ने उद्योग स्थापना नभएको अवस्थामा उनले झापाको मेचीनगरमा कृतिम अङ्ग उत्पादन गर्ने केन्द्र स्थापना गर्ने योजना अघि सारेको सुनाएँ । झापामा मात्रै झण्डै २५ हजार शारीरिक र भौतिक रुपमा अपाङ्ग रहेका छन् ।
शारीरिक रुपमा अपाङ्ग भएपनी मासिक र बौद्धिक क्षमता भएका अपाङ्गमध्ये २५-४० प्रतिशत कर्मचारी, पेसा र ब्यवसायमा पनि सक्रिय रहेको तथ्यांक छ । अपाङ्गलाई सहयोग सामाग्री जुटाउन बैंक स्थापना गरेको छ भने आर्थिक कारोबार गर्न ब्रह्माण्ड सहकारी संस्था संचालनमा ल्याएको छ । उक्त सहकारीले अपाङ्ग ब्यक्तीले संचालन गरेको ब्यवसाय, घरायसी गर्जो टार्न १० प्रतिशत ब्याजदरमा ऋण उपलबध गराउँदै आएको अध्यक्ष निरौलाले जानकारी दिए । उनकै पहलमा करिज ५ सय जना अपाङ्गले कृतिम अङ्ग पाइसकेका छन् । कृतिम अङ्गले प्रयोग शुरु गरेको ५ वर्षसम्म प्रयोग गर्न सकिने छ ।
अभियानता अपाङ्ग निरौलाको सक्रियता
निरौला आफैं पनि अपाङ्ग छ्न् । उनको दाहिँने खुट्टा नचल्ने भएपछि हाल कृतिम अङ्गको सहायतामा सामाजिक अभियान्ताको जिम्मेवारी बहन गर्दै आएका छ्न् । उनकै सक्रियतामा हार्डवेर पसल संचालनमा छ । अपाङ्गकै लागि स्थापना गरिएको सहकारीका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छ्न् । एक चिया उद्योगमा कर्मचारीको रुपमा कार्यरत छन् । नेपाल रास्ट्रिय अपाङ पुर्नस्थापना केन्द्रको संस्थापक पनि हुन् ।
संस्थाले मेचीनगर-३ का हरि रिजाल दाताबाट जमिन पाएपछी घर निर्माण गरेको छ । आर्थिक अभावले घर निर्माणाधिन अवस्था मै रहेको छ । उक्त घरको भवनमा ११ वटा सिलाई मेसिनको ब्यवस्था गरेर १२ महिना तालिम दिएपछि कतिपय अपाङ्गहरु ब्यवसायिक बनेको निरौलाको भनाई छ ।